काठमाडौं : उपप्रधान र सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले हिमालय टेलिभिजनमा दिएको अभिव्यक्तिप्रति नेपालस्थित भारतीय दूतावासले आपत्ती जनाएको छ। हिजो टेलिभिजनमा अन्तर्वार्ता दिँदै केसीले 'नेपाल टुक्रिँदै गरेको र त्यसलाई कसैले रोक्न नसक्ने', भनेका थिए। उनले भारतको नाकाबन्दीको कडा आलोचनासमेत गरेका थिए।
दूतावासले मन्त्री केसीको भनाईको भत्सर्ना गर्दै त्यसलाई निराधार र अतिरञ्जित भएको दावी गरेको छ। भारत र नेपालबीचको ऐतिहासिक, पारिवारिक र मानव सभ्यतासँगै जोडिएको कुरालाई भड्काउन खोजिएको जनाइएको छ। दूतावासले भनेको छ : यस्ता वक्तव्यबाट सरकार टाढै रहोस्।
वक्तव्यमा भारतले नेपालमा शान्ति, स्थिरता र समुन्नति चाहेको जनाएको छ। यसका लागि भारतले सहयोग गर्दै आएको र त्यसलाई सहयोग जारी राख्नेसमेत जनाएको छ।