PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

वासिङटनमा भएको पत्रकार सम्मेलनमा अमेरिकाको प्रतिक्रिया - नेपालबारे भन्नुपर्ने नयाँ केही छैन



वासिङटनमा भएको पत्रकार सम्मेलनमा अमेरिकाको प्रतिक्रिया - नेपालबारे भन्नुपर्ने नयाँ केही छैन

काठमाडौँ : अमेरिकाले नेपाली नेताहरुलाई संविधानमा बढी भन्दा बढी समर्थन जुटाउने प्रयास जारी राख्न आग्रह गर्ने बाहेक नयाँ कुरा केही भन्न बाँकी नरहेको प्रतिक्रिया दिएको छ। 

वासिङटन डिसीमा शुक्रबार भएको विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता जोन किर्बीले यस्तो बताएका हुन्। 

पत्रकार सम्मेलनमा भएको सवाल जवाफ यस्तो थियो (अनुवाद)

पत्रकार : नेपालको मानवअधिकार स्थितिबारे के छ अमेरिकाको प्रतिक्रिया?
प्रवक्ता : मसित नेपालबारे भन्नुपर्ने केही नयाँ छैन। मेरो मतलब हामीले यसबारे कुरा गरिसकेका छौँ--
पत्रकार: यो हप्ता छैन
प्रवक्ता: के भन्नुभो?
पत्रकार: यो हप्ता छैन। अघिल्लोमा हामीले कुरा गरेका थियौँ तर नेपालमा नयाँ हि‌ंसा भएको छ। के विदेश मन्त्रालयले नेपालको हि‌ंसाबारे नेपाली सरकारसँग कुरा गरेको छ?
प्रवक्ता: हामीले गरेका छौँ। जस्तो कि मैले पहिले भने अनुसार हामी नेपालका नेताहरुलाई स‌ंविधानमा बढीभन्दा बढी समर्थन जुटाउने बाटोमा पुग्न निरन्तर आग्रह गरिरहेका छौँ। हामीले उहाँहरुलाई लगातार यसमा संलग्न गरिरहेका छौँ र गराइरहनेछौँ।  
पत्रकार : कस्तो स्तरको संलग्नता? 
प्रवक्ता : मसित कसले कसलाई भेट्यो र को कुन बैठकमा छ भन्नेबारे विवरण छैन। तर मेरो मतलब हामीले निश्चय पनि नेपालका नेताहरुसँग प्रत्यक्ष रुपमा स‌ंलग्न भएका छौँ र भइरहने छौँ। 

भिडियो हेर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell