PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

उप प्रधानमन्त्री मैनालीमाथि भारतीय दूतावासको आरोप : विद्वेष फैलाउने अभिव्यक्ति



उप प्रधानमन्त्री मैनालीमाथि भारतीय दूतावासको आरोप : विद्वेष फैलाउने अभिव्यक्ति

काठमाडौं : हिजो उप प्रधानमन्त्री चित्रबहादुर केसीको भनाइप्रति आपत्ति प्रकट गरेको भारतले आज अर्का उप प्रधानमन्त्री तथा महिला, बालबालिका र समाज कल्याण मन्त्री सीपी मैनालीको भनाइको पनि खण्डन गरेको छ। रिपोटर्स क्लबमा मन्त्री मैनालीले दिएको अभिव्यक्तिप्रति भारतले आपत्ति जनाएको हो।

रिपोटर्स क्लबमा बोल्दै उप प्रधानमन्त्री मैनालीले पनि अर्का उप प्रधानमन्त्री केसीले झै भारतले तराई गाभ्ने रणनीति लिइरहेको बताएका थिए।

नेपालस्थित भारतीय दूतावासले आज वक्तव्य जारी गर्दै मन्त्री मैनालीको भनाइ आधारहीन भएको भन्दै खण्डन गरेको हो। नेपालले भोगिरहेको समस्याबाट ध्यान अन्यत्र लैजानका लागि मन्त्री मैनालीले आधारहीन र विद्वेषपूर्ण अभिव्यक्ति दिएको दूतावासले आरोप लगाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell