PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

​पशुपति शर्माले ल्याए देउसी गीत



​पशुपति शर्माले ल्याए देउसी गीत

  • पहिलोपोस्ट-
काठमाडौं : पर्व र सिजनअनुसार गीत गाउन खप्पिस छन् गायक पशुपति शर्मा। भूकम्प र तीजको बेलाको आफ्नो गीतको चर्चा सेलाउन नपाउँदै शर्माले देउसी गीत रिलिज गरेका छन्। 

नेपाली ठेट भाकालाई टपक्क टिपेर उनले देउसी गाएका छन्। यो गीतमा लोकभाखा र देउसी लयलाई बुनिएको छ। जानकी तरामी मगरसँग उनले मिलेर गाएको गीतमा पशुपतिकै संगीत छ। 

प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा पशुपति र जानकी नै फिचरिङ छन्। ‘देउसी रे खेल्न जाऊँ साथी, आँधीखोले लाउरेको घरमाथि...’को बोलको गीत युट्युबमा लोकप्रिय हुन थालेको छ।

हेर्नुस् भिडियो
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell