PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

न्युयोर्कमा रहेका सबै नेपाली डिजे एकै मञ्चमा



न्युयोर्कमा रहेका सबै नेपाली डिजे एकै मञ्चमा

  • विष्णुहरि घिमिरे -
न्युयोर्क : अमेरिकाको न्यूयोर्कमा क्रियाशिल डिजेहरु एकै मञ्चमा देखिने भएका छन्। तिहारको अवसर पारेर भाइटिकाको दिन शुक्रबार साँझ हुने डिजे हंक मार्फत् उनीहरु एकै मञ्चमा आउन लागेका हुन्। उडसाइड स्थित कुइन्स प्यालेसमा नोभेम्रब १३ तारिक साँझ सात बजे देखि लगभग सात घण्टा नेपाली डिजेहरुले दर्शकलाई मनोरञ्जन दिने छन्।
 
थ्रिजी साउण्ड इन्कको आयोजना र आइलाइन क्रियासनको व्यावस्थापनमा हुन लागेको यो  कार्यक्रम नेपाली डिजे इतिहासमा नै पहिलो भएको आयोजकको दावी छ। सो कार्यक्रममा नेपालकै प्रथम डिजे तेन्जिङ्गका साथ अमेरिकामा रहेका अन्य डिजेहरु माइकल, जाम्बु, गेलु र लाक्पा “डिजे हक” मार्फत् दर्शक सामु आउने छन्। न्युयोर्कमा रहेका डिजेहरुले अहिले संयुक्त कार्यक्रममा देखिएका छैनन्। 

सोही कार्यक्रममा गायक राजेन्द्र राई र एञ्जिला राईको गीति संग्रह “कही कतै” को बिमोचन पनि गरिने जनाइएको छ। पछिल्लो समय अमेरिकामा रहेका गायक गायिकाहरुले यही  गीति एलवम  तयार गर्ने क्रम निकै बढेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell