PahiloPost

Jul 6, 2026 | २२ असार २०८३

सन्दीप लामिछाने आइपीएलमा दिल्ली डेयर डेभिल्सको १ नम्बर जर्सीमा



गोविन्दराज नेपाल

सन्दीप लामिछाने आइपीएलमा दिल्ली डेयर डेभिल्सको १ नम्बर जर्सीमा

काठमाडौं : यस सिजनको इन्डियन प्रिमियर लिग(आइपीएल)मा दिल्ली डेयर डेभिल्सका तर्फबाट नेपाली क्रिकेटर सन्दीप लामिछाने १ नम्बर जर्सीमा उत्रने भएका छन्।

आज काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा सन्दीपको जर्सी अनवरण गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने भनिएको भए पनि उनी अनुपस्थित रहे। सन्दीप, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुआले जर्सी सार्वजनिक गरेका थिए।  

सन्दीप आइपीएलमा अक्सनमा परेका एकमात्र नेपाली खेलाडी हुन्। दिल्लीले उनलाई २० लाखमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell