PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

डिपिएलको 'मोस्ट भ्यालुएबल प्लेयर'लाई गोल्डस्टारको गोल्डेन बुट



गोविन्दराज नेपाल

डिपिएलको 'मोस्ट भ्यालुएबल प्लेयर'लाई गोल्डस्टारको गोल्डेन बुट

काठमाडौं : चैत १७ गतेदेखि सुरु हुने धनगढी प्रिमियर लिग (डिपिएल-२) लाई फुटवेयर पार्टनरको रुपमा गोल्डस्टार निरन्तरता दिएको छ।किरण शु मनुफ्याक्चर्सको गोल्डस्टारले डिपिएललाई लगातार दोस्रो वर्ष पनि साथ दिने भएको हो।

आइतबार आयोजककातर्फबाट धनगढी क्रिकेट एसोसिएसन(डिसिए)का अध्यक्ष सुवाष शाही र किरण शु का निर्देशक विदुषी राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापछि डिपिएललाई गोल्डस्टारले नौ लाख नगद र सात लाख बराबरको बिभिन्न सामग्री प्रदान गर्नेछ। सम्झौता पत्रमा हस्ताक्षर गरेपछि निर्देशक राणाले यस संस्करणमा डिपिएल अझ सशक्त रुपमा अगाडी बढ्ने विश्वास व्यक्त गरिन्। 'डिपिएलबाट खेलाडीको पहिचान हुनेछ र उनीहरु राष्ट्रिय स्तरसम्म पुग्न सक्नेछन्। डिपिएल प्रतियोगिता मात्र नभई खेलाडीको सम्मान पनि हो।'

त्यसैगरी आयोजकले डिपिएलको 'मोस्ट भ्यालुएबल प्लेयर'लाई 'गोल्डस्टार गोल्डेन बुट' प्रदान गर्ने घोषणा समेत गरेको छ। राणाले आइतबारै उक्त गोल्डेन बुटको 'अनभेइल' समेत गरिन्।

'अन्तर्राष्ट्रिय खेलकुदहरुमा गोल्डेन बुट दिनेख चलन छ। त्यसैगरी हामीले नेपालमा पनि खेलाडीलाई गोल्डेन बुट दिन लागेका हौँ।' निर्देशक राणाले भनिन्।

खेल अवधिभरप्रत्येक खेलको म्यान अफ दि म्याचले प्राप्त गर्ने अंकको आधारमा प्राविधिक टोलीले मोस्ट भ्यालुएबल प्लेयर छनोट गर्ने आयोजकले जनाएको छ।

मोस्ट भ्यालुएबल प्लेअरलाई गोल्डेन बुट दिने भएपनि प्रतियोगिताको म्यान अफ दि सिरिजलाई मोटरसाइकल दिइनेछ।

गोलस्टार गोल्डेन बुट चाँदी र सुनको मिश्रणबाट बनेको र सुनको प्लेट जडित रहेको गोल्डस्टारका ब्रान्ड मेनेजर इराज श्रेष्ठले बताए।

डिसिएका अध्यक्ष सुवाष शाहीले गोलस्टार र डिपिएल मिलेर नेपाली क्रिकेटलाई नेक्स्ट लेभलमा लैजाने बताए। 'हामीहरु अर्गनाइजर र स्पोन्सर भन्दा पनि सबै मिेलर टिमवर्कमा काम गरिरहेका छौँ। हाम्रो लक्ष्य डिपिएललाई अझै अगाडी लैजाने हो।' शाहीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell