PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कैदी नम्बर १०६ : आज पनि सलमान खान जेलमै रहने



कैदी नम्बर १०६ : आज पनि सलमान खान जेलमै रहने
फोटो साभार : इन्डियन एक्सप्रेस

बलिउडका चर्चित अभिनेता सलमान खान आज राति पनि जेल मै बस्नु पर्ने भएको छ।

कालो हरिणको शिकार अभियोगमा बिहीबार जोधपुरको एक अदालतले पाँच वर्षको जेल सजाय सुनाएपछि सलमान हिजै साँझ जेल चलान भएका थिए। जमानतमा रिहा हुनका लागि  सलमानले आज अदालतमा अपिल गरेका थिए। तर अदालतले तल्लो अदालतको सम्पूर्ण कागजात उपलब्ध नभएको भन्दै जमानतका विषयमा बहस अगाडि बढाएन।

जोधापुरमा एक फिल्मको सुटिङको क्रममा सन् १९९८ सेप्टेम्बर २६ अभिनेता खानले कालो हरिणको शिकार गरेका थिए। 

२० वर्षपछि जोधपुरको एक अदालतले २०१ पृष्ठ लामो फैसला सुनाउँदै सलमानलाई पाँच वर्षको जेल सजाय तोकेको थियो।

जमानतबारे सुनुवाई शनिबारका लागि सारिएको बीबीसी हिन्दीले जनाएको छ।

सलमानलाई जोधपुर सेन्ट्रल जेलमा कैदी नम्बर १०६ का रुपमा राखिएको इकोनोमिक टाइम्सले जनाएको छ। उनलाई सामान्य दालरोटी खाना दिइएको तर उनले अस्वीकार गरेको टाइम्सले जनाएको छ। 

जेलका सुपरिटेन्डेन्टका अनुसार सेलिब्रिटी कैदी भए पनि उनलाई सामान्य कैदी सरह सामान्य काठको खाट, सिरक र कूलरमात्र दिइएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell