PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा, ५ नयाँ अनुहार



गोविन्दराज नेपाल

एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा, ५ नयाँ अनुहार
फाइल फोटो

काठमाडौं : बंगलादेशमा हुने चौथो एभिसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ।

इम रानाको कप्तानीमा शुक्रवार टोली घोषणा गरिएको नेपाली भलिबल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए। टोलीमा ५ नयाँ खेलाडीले स्थान बनाउँदा दोस्रो र तेस्रो संस्करण खेलेका महेन्द्र श्रेष्ठ भने टिममा परेनन्। घरेलु भलिबलमा आर्मीलाई ३ उपाधि दिलाउँदा महत्वपूर्ण भूमिका खेलेका सेटर दुर्गा महतो पनि टिममा पर्न असफल रहे। 

महेन्द्र दुर्गासँगै गत वर्ष माल्दिभ्समा तेस्रो संस्करण खेलेका टिममा रहेका, भैरव बहादुर बम, राजकुमार निरौला र दिल सुनार टिममा अटाएनन्। उनीहरुको स्थानमा नयाँ खेलाडीहरु दिपकराज जोशी, सुरेन्द्र बम, राजु शेरचन, दिनेश गिरी र विनोद चन्दले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका हुन्। नयाँ खेलाडीहरुले घरेलु प्रतियोगितामा राम्रो गरेको र कन्फिडेन्ट देखाएकाले टिममा पर्न सफल भएको भएको चन्दले बताए।

कप्तान इम रानामगरसँगै धनबहादुर भट्ट क्षेत्री, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, हरी अधिकारी, नरेन्द्र गिरी र इश्वर थापा मगर भने टिममा निरन्तरता पाएका छन्। नरेन्द्र र इश्वरले दोस्रो संस्करणमा डेब्यु गरेका थिए भने हरी अधिकारीले तेस्रो संस्करणमा डेब्यु गरेका थिए।

सेटर इम रानार ओपन स्पाइकरद्वय मान बहादुर श्रेष्ठ र धन बहादुर भट्टले पहिलो संस्करणदेखि च्याम्पियनसिप खेल्दै आएका छन्।

च्याम्पियनसिपको चौथो संस्करण बंगलालादेश भलिबल फेडेरेसनको आयोजनामा यही अप्रिल १६ देखि २३ सम्म स्ञचालन हुनेछ।

नेपालले सन् २०१५ को पहिलो संस्करणदेखि नै च्याम्पियनसिप खेल्दै आएको छ। सुरुको दुई संस्करण पदक जित्न असफल रहेपनि नेपालले माल्दिभ्समा भएको तेस्रो संस्करणमा कास्य पदक जित्दै पुरुष भलिबलमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएको थियो।

 

नेपाली टोली : इम रानामगर (कप्तान), धनबहादुर भट्ट क्षेत्री, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, हरी अधिकारी, दिपकराज जोशी, सुरेन्द्र बम, नरेन्द्र गिरी, राजु शेरचन, दिनेश गिरी, ईश्वर थापा, विनोद चन्द



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell