PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पाँच गीत जसले 'आमा'लाई सम्झने दिन अझै खास बनाउँछ



पाँच गीत जसले 'आमा'लाई सम्झने दिन अझै खास बनाउँछ

आमा!

एउटा यस्तो शब्द हो यो, जसको वर्णन गर्नका लागि सधैं शब्दको खाँचो पर्छ। अर्थात्, जति शब्द खर्च गरे पनि आमाको सम्पूर्णताबारे लेख्न सकिन्न।

जति महान् र विशाल छ यो शब्द, आमा आफैंमा महान् हुन्, संसार हुन्। आज आमाको मुख हेर्ने दिन। अर्थात् वैशाख कृष्ण औंसी। आमासँग भेटघाट गर्ने, सुख-दु:खबारे गफ गर्ने र विशेष खुसी पार्ने दिन। 'आमा' बारे बनाइएका ५ गीतहरु हामी यहाँ राख्दैछौँ

५) आमा : यमबुद्ध


झण्डै २० लाख भ्युज पुग्न लागेको यमबुद्धको यो र्‍याप गीत विशेष गरी युवाले रुचाएका छन्। भौतिक संसारमा नरहे पनि यमबुद्धको ६ वर्षअघि अपलोड गरिएको यो गीत अझै लोकप्रिय छ। गीतमा आमालाई नै देवीदेवतासित तुलना गरिएको छ। 

४) आमा - सुशान्त केसी


आफ्नै संगीत, रचना र गायनमा सुशान्त केसीले गाएको यो गीतमा आमासित माफी पनि मागिएको छ- हिजोआज मनमुटाव भए होला, कहिलेकाहीँ मन तिम्रो दुखाएँ होला... क्षमा पाउँ आमा यदि मबाट गल्ती भए, तिम्रो मायाको आधारमा आजसम्म बाँची रहेँ' । सञ्चिता लुइँटेलको अभिनय रहेको यो गीतको म्युजिक भिडियोको भ्युज ३४ लाख कटिसकेको छ।  

३) आमा- नेपथ्य


नेपथ्य ब्यान्डको 'मेरो देश' एल्बममा रहेको यो गीत तीर्थ गुरुङले रचेका हुन्। अमृत गुरुङको स्वरमा रहेको यो गीतमा आमाले भोग्नुपर्ने विषयको मार्मिक वर्णन छ। 

२) आमा- कूल पोखरेल


कूल पोखरेलको मृत्यु भएको १४ वर्ष भइसक्यो। तर आमालाई ट्रिब्युट गर्दै उनले गाएको गीत अझै पनि गुञ्जिरहेको छ। 'आमा रुन्छिन् रुँदिन म, थाहा छ उनलाई कहाँबाट आउँदैछु म, मेरा यी पाइला लडखडाउँछन्, आमा रुन्छिन् रुँदिन म'

१) मेरी आमा- क्रिश्मा एबिगेल



'आशा त मनमा थियो, तिमी नजिक छौ, महसूस गरेँ, तिमी छैनौँ,' आमासित बिछोडिँदाको पीडा समेटिएको यो गीत क्रिश्मा एबिगेलले चार वर्षअघि कृपा अनप्लग्ड जुनियरमा गाएकी थिइन्। रमन सुवेदीले लेखेको र सञ्जीव बराइलीले कम्पोज गरेको यो गीत नेपाल आइडलमा केन्जलमेहर श्रेष्ठले गाएपछि झनै मन पराइएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell