PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

सुरु भयो नेपालकै सबैभन्दा लामो जात्रा, रातो मच्छिन्द्रनाथ रथयात्राका १५ दृश्य

सुरु भयो नेपालकै सबैभन्दा लामो जात्रा, रातो मच्छिन्द्रनाथ रथयात्राका १५ दृश्य


काठमाडौँ : नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ। वैशाख शुक्ल प्रतिपदाको साइतमा वैशाख ४ गते साँझ ७ बजे देवतालाई रथमा राखेपछि आजदेखि रथयात्रा सुरु भएको हो। 

आज पुल्चोकबाट रथ तानेर गाःबहालसम्म पुर्‍याइएको थियो। आजै मच्छिन्द्रनाथकै जस्तो देखिने तर आकारमा केही सानो मीननाथको रथलाई चकःबहीबाट तानेर पुल्चोकसम्म पुर्‍याइएको थियो। जात्राको सुरुमा मीननाथलाई मच्छिन्द्रनाथभन्दा अघि–अघि तानिन्छ। तर पछि भने मच्छिन्द्रनाथको पछि–पछि तानिन्छ।

जात्रा सुरु भएको पहिलो रात गाःबहालमा रथलाई राखिन्छ। त्यसपछि सुन्धारामा राखिन्छ र  त्यहाँबाट लगनखेलमा रथलाई रात बसाउन पुर्‍याइन्छ। रथको टुप्पोबाट नरिवल खसाल्ने जात्रा तथा अर्को दिन बिहानै महिलाले मात्रै रथ तान्ने जात्रा पनि हुने गर्छ। लगनखेलको थटीटोलबाट जावलाखेलसम्म साइत हेरेर रथ तानिन्छ। जावलाखेलमा रथ पुर्‍याएको चौथो दिन भोटो देखाएपछि बल्ल जात्रा सिद्धिन्छ । 

हिन्दू धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा(राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । 

हेर्नुस् पहिलोपोस्टका समर्थ रञ्जित र प्रविण रानाभाटले खिचेका केही दृश्य


ट्रेन्डिङ पोस्ट

Ncell