PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

अध्यक्षका प्रत्यासी मणि कुँवर भोलि हुने एन्फाको चुनावमा सहभागी नहुने



गोविन्दराज नेपाल

अध्यक्षका प्रत्यासी मणि कुँवर भोलि हुने एन्फाको चुनावमा सहभागी नहुने
फाइल फोटो

काठमाडौं : भोलि हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा अध्यक्षका प्रत्यासी मणि कुँवरले सहभागिता नजनाउने बताएका छन्। वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका कुँवरले शुक्रबार पत्रकार सम्मेलन गर्दै चुनाव विधि र विधानअनुसार नभएको भन्दै सहभागी नहुने जनाएका हुन्।

'यो पूर्ण रुपमा बहिस्कार होइन। मैलेमात्र सहभागिता नजनाउने हो,' साफका उपाध्यक्ष समेत रहेका कुँवरले भने, 'मेरा साथीहरु सहभागी हुनुहुन्छ।'


अध्यक्ष पदमा कुँवर र कर्मा छिरिङको उम्मेदवारी परेको थियो। 

उपाध्यक्षका उम्मेदवार तथा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दले पनि भोलिको निर्वाचनमा भाग नलिने जनाए। अर्का उपाध्यक्षका उम्मेदवार सुनिल राणाले भने भाग लिने जनाएका छन्। 

कुँवरको प्यानलबाहेक अध्यक्ष उम्मेदवार कर्मा छिरिङको अर्को प्यानल चुनावी मैदानमा छ। पटक पटक सरेको एन्फा निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell