PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

एन्फा निर्वाचन आज, अध्यक्ष प्रत्यासी मणि कुँवर सहभागी नहुने



गोविन्दराज नेपाल

एन्फा निर्वाचन आज, अध्यक्ष प्रत्यासी मणि कुँवर सहभागी नहुने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को १६औँ एन्फा कंग्रेस (साधारण सभा) तथा कार्यसमिति निर्वाचन आज हुँदैछ।

अध्यक्ष पदका लागि दुई प्यालनसहित चुनावी मैदानमा थिए। तर, वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्षका प्रत्यासी मणि कुँवरले एकदिन अघि मात्र निर्वाचनमा सहभागी नहुने बताएपछि अर्का प्यानलका कर्मा छिरिङ शेर्पा अध्यक्षका एक्ला दाबेदार छन्।
 
हिमालयन शेर्पा क्लबका अध्यक्ष शेर्पा प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। उता मणि कुँवर प्यानलका उपाध्यक्ष उम्मेदवार गणेश बहादुर चन्दले पनि भाग नलिने बताएका छन् भने उपाध्यक्षकै उम्मेदवार सुनिल राणाले भने निर्वाचनमा भाग लिने बताएका छन्।

अध्यक्षमा एक्ला प्रत्यासी रहेका शेर्पा अध्यक्ष बन्ने लगभग पक्का भएको छ।

पटक-पटक मिति सारिएपछि एन्फाको निर्वाचन मिति वैशाख २२ बजको लागि तोकिएको थियो। एन्फाको निर्वाचन समितिले उक्त मिति तोकेको हो। 

यो निर्वाचन विधि र विधान अनुसार नभएको तथा एन्फाको कार्यमसितिले तोक्ने मिति निर्वाचन समितिले तोकेको भन्दै मणि कुँवरले निर्वाचनमा भाग नलिने बताएका हुन्।

उपाध्यक्ष पदका उम्मेदवार मोहम्मद समि उल्लाह र विराटजंग शाहीलगायतले बुधवार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए। 

एन्फाको विधानअनुसार निर्वाचन अघि ६० दिनको सुचना दिनुपर्ने व्यवस्था विपरित निर्वाचन गर्न लागेको भन्दै शाहीलगायतले निर्वाचन रोक्न मागसहित मुद्धा हालेका थिए।

तर अदालतले बिहीवार नै निर्वाचन रोक्नु नपर्ने भन्दै अन्तरिम आदेश नदिएपछि निर्वाचन हुने पक्का भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell