PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

महिला भलिबल : पुलिसलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

महिला भलिबल : पुलिसलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौँ : विभागीय भिडन्तमा नेपाल पुलिस क्लबलाई हराउदैँ एपीएफ क्लबले चौथौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा एपीएफले पुलिसलाई ३-० को सेटमा हराउँदै लगातार चौथो पटक उपाधी जितेको हो।

मूगलबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा एपीएफले पुलिसलाई २५-१२, २५-१९, २५-१७ को सेटमा हराएको हो।

पहिलो सेटमा सुरु देखि नै हावी भएको एपीएफले सहजै जित्दै १-० को अग्रता बनाएको थियो। दोस्रो सेटमा १२ अंकसम्म पुलिसले लिड गर्दै एपीएफलाई टक्कर दिएको थियो। तर त्सपछि एपीएफले पुनरागमन गर्दै दोस्रो सेट २५-१९ ले जित्यो। लगातार दुई सेट जितेर हावी बनेको एपीएफले तेस्रो सेट सहजै २५-१७ ले जित्दै खेल जितेको हो।

एफिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले खेलाडीले सन्तुलित खेलेका र ब्लक राम्रो भएकाले उपाधि जितेको बताए। 'झण्डै ५ वर्पछि एपीएफसँग फाइनल खेलेको उल्लेख गर्दै प्रशिक्षक ज्ञानेन्द्रले खेलअघि नै पुलिससँगको खेल प्रतिस्पर्धात्मक नहुने अनुमान गरिसकेको प्रतिक्रिया दिए।

'हाम्रो ब्ल्क र स्पाइक राम्रो थियो। हाम्रो टिम अनुभवी भएकोले सहजै जित्यौँ। दोस्रो सेटमा हाम्रो ब्ल्क नमिल्दा पछि परेको थियो तर कमब्याक भयो।' उनले पुलिसको टिममा नयाँ खेलाडीहरु रहेकाले प्रतिस्पर्धा नभएको बताए।

यस्तै पुलिसका प्रशिक्षक रुपेश विष्टले अट्याक र ब्लक कमजोर हुँदा हार्नुपरेको प्रतिक्रिया दिए। 'हाम्रो अट्याक र ब्लक राम्रो भएन। टिममा नयाँ र पुराना खेलाडीहरु रहेकाले आपसी तालमेल नै हुन सकेन। मनोवैज्ञानिक रुपमा पिन कमजोरी देखियो।' उनले भने। विष्टले एपीएफ सेट टिम भएको र कमजोर पक्ष खासै नरहेको बताए।

यस्तै मंगलवारै तेस्रो स्थानको लागि भएको खेलमा शिवम् न्यू डायमण्ड एकेडेमीले पश्चिमाञ्चल टिमलाई ३-० को सेटमा पराजित गरेको छ।

च्याम्पियन एपीएफले नगद १ लाख ५० हजार, ट्रफी र मेडल हात पारेको छ। उपविजेता पुलिसले १ लाख तथा तेस्रो भएको न्यू डायमण्डले ५० हजार प्राप्त गर्यो।

 

सरस्वती उत्कृष्ट खेलाडी

च्याम्पियन एपीएफका स्पाइकर सरस्वती चौधरी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन्। उनल् नगद १० हजार हात पारिन्। यस्तै विधागत उत्कृष्टमा भने न्यू डायमण्डका खेलाडीहरुको वर्चस्व रह्यो। डायमण्डका कप्तान ललिता नाथ बेस्ट क्वीकर, प्रतिभा माली बेस्ट स्पाइकर र सलिना श्रेष्ट बेस्ट डिफेन्स घोषित भए।

यस्तै उपविजेता टिम पुलिसकी कमला पुन बेस्ट सेटर तथा मनिषा चौधरी बेस्ट ब्लकर चुनिइन्। च्याम्पियन एपीएफकी उषा विष्ट बेस्ट सर्भर घोषित भइन् भने एपीएफका ज्ञानेन्द्र विष्ट बेस्ट कोच घोषित भए। विधागत उत्कृष्टले ५-५ हजार हात पारे।

यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्दै विधागत उत्कृष्ट नपरेकी एक उत्कृष्ट एपीएफकी रेश्मा भण्डारीलाई आयोजकले नगद १० हजार प्रदान गरेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell