PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

फ्राइडे रिलिज: 'लम्फू', ‘हिरोज’ र ‘मनाङ्गे नानी’



स्वेच्छा राउत

फ्राइडे रिलिज:  'लम्फू', ‘हिरोज’ र ‘मनाङ्गे नानी’

काठमाडौं : यो साता तीन नेपाली फिल्म प्रदर्शन भएका छन् - 'लम्फू', ‘हिरोज’ र ‘मनाङ्गे नानी’।


सामाजिक कथा बोल्ने लम्फूले गाउँबाट संघर्ष गर्न शहर पस्ने युवाको कथा भन्छ। फिल्ममा कविर खड्का, मरिश्का पोखरेल, कुशुम श्रेष्ठ, सलोन बस्नेत लगायतको अभिनय रहेको छ। फिल्मलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन्।

अभिनेत्री पूर्णीमा लामाको निर्माणमा बनेको ‘हिरोज’मा कलाकारहरु करिश्मा मानन्धर, जयकिशन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ लगायतको मुख्य अभिनय छ। एनवी महर्जनको निर्देशनमा बनेको फिल्ममा शेखर लामा, युवराज लामा र संजोग राणाको लगानी रहेको छ। लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्ममा कमल राई, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी, शिब ढकाल र रामशरण उप्रेतीको छायाँकन रहेको छ।

फिल्म ‘मनाङ्गे नानी’ लार्इ खुस बहादुर गुरुङले निर्देशन गरेका हुन् । शुभेक्षा फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङ लगायतको अभिनय छ।


बलिउडमा फिल्म 'राजी' र 'द पास्ट' रिलिज भएका हुन्।

बलिउड हरर थ्रिलर 'द पास्ट'लाई गगन पुरीले निर्देशन गरेका हुन्। फिल्ममा युवराज परशर र वेदिता प्रताप सिंहको मुख्य अभिनय रहेको छ।
फिल्मलाई पिकक मोसन फिल्मस ले प्रस्तुत गरेको हो।

आलिया भट्टको मुख्य भूमिका रहेको 'राजी' नेपालका लागि सार्वजनिक भएको हो। फिल्ममा उनी जासुस पात्र हुन्। कश्मिरी युवतीको यथार्थ कथा भन्ने फिल्ममा भारत पारिस्तान युद्दमा जासुसीका लागि पाकिस्तानी युवकसँग विवाह गर्ने युवतीलाई प्रस्तुत गरिएको छ।

मेघना गुलजार निर्देशित फिल्ममा विक्की कौशल, रजित कपुर, सोना रजदान, जयदिप अलावत लगायतको अभिनय छ।

हलिउडमा नयाँ फिल्म रिलिज भएन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell