PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

ओली र मोदीले शुरु गरे अयोध्या बस सेवा



ओली र मोदीले शुरु गरे अयोध्या बस सेवा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जनकपुरधाम र अयोध्याबीच बस सेवा उद्घाटन गरेका छन्।
 
दुई दिने नेपाल भ्रमण जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीले जानकी मन्दिर परिसरमा बस सेवा  उद्घाटन गरेका हुन्। उक्त बसमा जनकपुरधामबाट प्रदेश दुईका दुई जना राज्यमन्त्री पनि सवार छन्।

गृहराज्य मन्त्री सरोज सिंह कुशवाहा र अर्थराज्यमन्त्री उषा यादव उक्त बसमा सवार भई अयोध्या गएका छन्। जनकपुर र अयोध्याबीचको बस सेवाले दुई देशबीचको धार्मिक तथा सास्कृंतिक सम्वन्ध बढाउन सहयोग पुर्‍याउने दुवै देशका प्रधानमन्त्रीले बताएका छन्।

अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम रहेको प्रदेश दुई सरकारले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell