PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित, उत्कृष्ट प्रशिक्षकमा जगत टमाटा



गोविन्दराज नेपाल

सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित, उत्कृष्ट प्रशिक्षकमा जगत टमाटा

काठमाडौं: नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले  हरेक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १५औँ संस्करण पल्सर स्पोर्ट्स अवार्ड-२०७४’ घोषणा भएको छ।

आर्मी अफिसर्स क्लब, भद्रकालीमा भएको कार्यक्रममा २०७४ सालमा नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमा क्रिकेटका युवा खेलाडी सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित भए। युवातर्फ सन्दीप लामिछानेसँगै क्रिकेटकै दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयनमा परेका थिए।

नेपालबाहिर रहेकाले उनको अवार्ड विनोद दासले रिसिभ गरेका छन्।

यसैगरी उत्कृष्ट प्रशिक्षकमा क्रिकेटकै जगत टमाटा घोषित भए। उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका थिए।

यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीमा ब्याडमिन्टनकी शोभा गौचन घोषित भएकी छन्। मनोनयनमा शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell