PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फर्किए सन्दीप लामिछाने, भने : आइपीएल यात्रा अविस्मरणीय



गोविन्दराज नेपाल

फर्किए सन्दीप लामिछाने, भने : आइपीएल यात्रा अविस्मरणीय

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्केका छन्।

उनी जेट एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सन्दीपले आइपीएल यात्रा अविस्मरणीय भएको बताए।

'मेरो लागि अविस्मरणीय यात्रा थियो आइपीएल र एकदमै रमाइलो भयो यो। धेरै कुरा सिक्न पाए। त्याँ जुन लर्निङ फेज थियो त्यसमा मैले धेरै कुरा सिक्न पाएँ। राम्रो अवसर थियो त्यो चाँही मैले ग्रयाब गरेजस्तो लाग्छ। सन्दीपले विमानस्थलमा सञ्चारकर्मीसँग भने, 'अझै पनि धेरै कुराहरु सिक्नै बाँकी छ र मेरो लागि यो एकदमै राम्रो अवसर पनि थियो।'

लामिछानेले आइपीएल याधा नेपाललाई चिनाउने मौका समेत भएको प्रतिक्रिया दिए। मेरो लागि आइपीएल नेपाललाई विश्वमाझ चिनाउने मौका पनि थियो। अब अर्को वर्ष म लगायत जती पनि क्रिकेटरहरु हुनुहुन्छ सबैलाई त्यहाँ देख्न पाउँ।'

सन्दीपले सुरुमै आफूले आइपीएलका गेमहरु खेल्न नपाउनको कारण पनि खोले। 'एज एक्सपेक्टेड सिधै चाँही खेल्न चान्स पाउँदैन। किनकी टिममा दुई जना लेगस्पीनर पहिलेनै थियो, एउटा टेष्ट प्लेअर अर्को ब्याट्सम्यान लेगस्पीनर त्यसले गर्दा अलिकट्टी चान्स डाउन हुन्। तर मेरो लागि चाँही के राम्रो थियो भने मैले त्यहाँ गएर नेट्समा भएपनि ठूला प्लेअरहरुसँग खेलिराँथे। पछि चाँही अब नेक्स्ट सिजनको लागि प्रिपेर गर्न भनेर ११ खेलपछि एकपटक मौका दिइएको हो र राम्रो पनि भयो। त्यसपछि दुई खेल खेल्न पाएँ।' सन्दीपले आइपीएल यात्रा बारे सुनाए।

उनले आइपीएल खेलेपछि आफ्नो कन्फिडेन्स समेत बढेको बताए।

दिल्ली डेयर डेभिल्सबाट यस सिजनको आइपीएल खेलेका सन्दिपले ३ खेलमा कूल ५ विकेट लिएका थिए। आइपीएल खेल्न पाएर आफ्नो बलिङमा थप सुधारको मौकासमेत हासिल भएको उनले बताए।

डेब्युमै उत्कृष्ट प्रदर्शन
 
सुरुको ११ खेलसम्म बेन्चमा बसेर दर्शकमात्र बनेका सन्दीपले १२ औँ खेलमा रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध पहिलोपटक खेल्ने अवसर पाए। उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिए।

महेन्द्र सिंह धोनीको चेन्नाई विरुद्ध दोस्रो खेल खेलेका सन्दीपले ४ ओभरमा २१ रन दिएर सुरश रैनाको विकेट लिएका थिए।

लिग चरणको अन्तिम खेलमा पनि मौका पाएका सन्दीपले मुम्बई विरुद्ध ३ विकेट लिए। सूर्य कुमार यादव, किरण पोलार्ड र क्रुनल पाण्ड्याको विकेट लिएका सन्दीपले ४ ओभरमा ३६ रन खर्चे।

समग्रमा १२ ओभर बलिङ गरेका सन्दीपले ८२ रन खर्चेर ५ विकेट लिएका हुन्। ११औँ संस्करणको आइपीएलका लागि दिल्लीले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो।

यसपछि सन्दीप वेष्ट इन्डिज विरुद्ध विश्व-११ बाट खेल्न लर्ड्स जानेछन्। विश्व-११ ले मे ३१ मा वेष्ट इन्डिज विरुद्ध खेल्दैछ। सन्दीपले त्यहाँ पनि राम्रो खेल्ने दावी गरेका छन्।

त्यसपछि सन्दीप अगस्टमा हुने क्यारेवियन लिग (सिपीएल) खेल्न जानेछन्। उनलाई क्रिस गेलको टिम सेन्ट नेभिस एण्ड किट्सले अनुबन्ध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell