PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कैलालीमा गोली चलाएको आशंकामा दुई पक्राउ



कैलालीमा गोली चलाएको आशंकामा दुई पक्राउ

कैलाली: धनगढीमा रहेको ग्लोबल आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरेको आशंकामा प्रहरीले दुई जना पक्राउ गरेको छ। उनीहरुलाई अत्तरियाबाट पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनीहरुको नाम भने प्रहरीले खुलाएको छैनन्। 

‘शंकास्पद दुई जनालाई पक्राउ गरेका छौं,’ एसपी घिमिरेले भने। लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको पुरानो भन्सा रोड सव्जीमण्डीमा आईएमईका कर्मचारी कार्कीमाथि  गोली प्रहार गरि सिदार्थ वैंकवाट झिकेको ९ लाख रुपैया लुटेर  भागेका  थिए।
 
घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ। घाईतेको छातीमा दुई वटा र पाखुरामा एउटा घाउ देखिएको सेती अञ्चल अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell