PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

उपभोक्ता संरक्षणका नायब सुब्बा घुससहित पक्राउ



उपभोक्ता संरक्षणका नायब सुब्बा घुससहित पक्राउ

काठमाडौं: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नयाब सुब्बा जुदेन सापकोटा घुस रकमसहित पक्राउ गरेका हुन्।

अख्तियारको टोलीले सापकोटालाई आइतवार १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनले फर्म नवीकरणको लागि सेवाग्राहीसँग घूस लिएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell