PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

लर्ड्समा खेल्न पाउनु ठूलो प्ल्याटफर्म हो : सन्दीप



गोविन्दराज नेपाल

लर्ड्समा खेल्न पाउनु ठूलो प्ल्याटफर्म हो : सन्दीप

काठमाडौँ : केही दिन अघि मात्र इन्डियन प्रिमियर लिग खेलेर फर्केका नेपाली युवा स्टार सन्दीप लामिछाने लर्ड्स मैदान च्यारिटी क्रिकेट म्याच खेल्न आज राती इंगल्याण्ड जादैछन्।

लामिछानले लर्ड्समा खेल्न पाउनु आफूहरु जस्तो युवा खेलाडीको लागि राम्रो प्ल्याटफर्म भएको बताए।

'युवा खेलाडीको लागि यो ठूलो प्ल्याटफर्म हो। मेरो लागि पनि सौभाग्य हो लर्ड्समा खेल्न पाउनु।' सन्दीपले मंगलवार टीयू ग्राउण्डमा सञ्चारकर्मीसँग भने।

ह्युरिक्यान रिलिफ टी-२० च्यालेन्ज नाम दिइएको उक्त च्यारिटी म्याच यही मे ३१ मा लर्ड्समा हुँदैछ र त्यसमा सन्दीपले आइसीसी वर्ल्ड-११ को प्रतिनिधित् गर्दैछन्।

इयान मोर्गनको कप्ताद्दीमा रहने उक्त टिममा सन्दीपसँगै १२ जनाको नाम सार्वजनिक भइसकेको छ। जसमा साहिद अफ्रिदी, दिनेश कार्तिक, रसिद खान जस्ता खेलाडीहरु पनि समावेश छन्। यो टिमले वेष्ट इन्डिजसँग च्यारिटी म्याच खेल्न लागेको हो।

उक्त खेलबाट उठेको रकम क्यारेवियन क्षेत्रमा क्रिकेट स्टेडियमा पुन निर्माणको लागि खर्च गरिनेछ।

सन्दीप आज राती सवा ९ बजे कतार एअरवेजबाट इंगल्याण्ड प्रस्थान गर्दैछन्।

सन्दीपले वर्ल्ड-११ मा देशको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए। उनले आइपीएल भन्दा यो म्याच केही हदसम्म फरक रहेको पनि सुनाए।

‘यो आइपीएल भन्दा अली फरक छ। वर्ल्ड-११ मा खेल्दा देशको प्रतिनिधित्व हुन्छ। आइपीएल एउटा देशको लिग मात्र हो। तर दुवैमा केही समानता पनि छ।’ सन्दीपले भने।

उनले आफ्नो लागि हरेक खेल नयाँ खेल हुने र यो खेल खेल्न पाउनु पनि आफ्नो लागि नयाँ अवसर भएको बताए। ‘मेरो लागि प्रत्येक खेल नयाँ हुन्छ। यो खेल भविष्यसँग पनि जोडिएको हुन्छ। म आफ्नो शतप्रतिशत दिनेछु र आशा छ यो खेलमा पनि राम्रो गर्नेछु।’

आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले दिल्लीबाट ३ खेल खेल्दै ५ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell