PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

यी हुन् पिएम कपमा नदेखिएका ४ स्टार क्रिकेटर, कप्तान पारससहित ३ खेलाडी विदेशमा



गोविन्दराज नेपाल

यी हुन् पिएम कपमा नदेखिएका ४ स्टार क्रिकेटर, कप्तान पारससहित ३ खेलाडी विदेशमा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपाल इन्टरनेशनलको व्यवस्थापनमा अहिले कीर्तिपुरको टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा दोस्रो प्राधानमनत्री (पिएम) कप वान डे क्रिकेट भइरहेको छ।

देश संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेशहरुलाई समावेश गरेर आयोजना भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता छ।

नयाँ खेलाडी आउने, पुराना खेलाडीले पनि आफूलाई प्रमाणित गर्ने अनि राष्ट्रिय टिम निर्माणको लागि खेलाडी पहिचान गर्ने आधार समेत रहेको यस वानडे प्रतियोगितामा नेपालका कप्तानसहित ४ स्टार खेलाडी भने अनुपस्थित छन्।

यसमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल समेत छन्। यस्तै ब्याट्सम्यान र युवा स्टार सन्दीप लामिछाने पनि पिएम कप नखेल्ने सूचीमा छन्। यस्तै शरद भेषावकर पनि नेपालमा छैनन्। 

यी ४ मध्ये ४ खेलाडी हाल विदेशमा छन् भने एक खेलाडी पूर्ण फिट नभएका कारण मैदान बाहिर छन्। 

यसरी नाम चलेका खेलाडीले नै प्रतियोयोगिता नखेलेपछि भविष्यमा राष्ट्रिय टिम छनोट गर्दा कस्तो खेलाडी छान्ने अन्योल हुनेछ।

 

किन खेलेनन् ४ खेलाडीले ?

कप्तान पारस खड्का हाल इंग्ल्याण्डमा छन्। पिएमकपको मिति घोषणा हुनु अघि नै पारसले लण्डन जाने योजना बनाइसकेका थिए। सोही अनुरुप उनी सोमबार उता लागे। पारसले त्यहाँ इंगल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डका पदाधिकारीसँग भेटेको फोटो आफैँ सामाजिक सञ्जालमा सेयर गरेका थिए।

राष्ट्रिय प्रतियोगिताहरुमा क्षेत्र नम्बर ३ बाट खेलिसकेका पारसले पछिल्लो समय करारमा विभागीय टोली एपीएफबाट खेलेका थिए।

यस्तै ब्याट्सक्यान शरद भेषवाकर आफ्नो परिवारसँग अमेरिकामा छन्। शरद र उनकी श्रीमती नायिका निशा अधिकारीलाई केहीअघि अमेरिकामै पुत्रलाभ भएको छ। नामिबियामा भएको डिभिजन टू खेलेर बीचको समयमा अमेरिका पुगेका शरद जिम्मबावेमा वर्ल्डकप क्वालिफायर खेलेर त्यतैबाट पुन: अमेरिका लागेका थिए। त्यसयता उनी नेपाल पर्केका छैनन्।

शरदले पनि केही समय एपीएफका लागि खेलेका थिए।

अहिलेका स्टार क्रिकेटर, आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी योङ सेन्सेसन हुन् सन्दीप लिमछाने। उनी पनि हिजो रातिमात्रै इंग्लयाण्ड प्रस्थान गरेका छन्, च्यारिटी क्रिकेट खेल्नको लागि। सन्दीपले आइसीसी वर्ल्ड ११ टिमको प्रतिनिधित्व गर्नेछन्।

सुरुमा इयान मोर्गनले वर्ल्ड ११ को कप्तानी गर्ने भनिए पनि अहिले साहीद अफ्रिदीले कप्तानी गर्ने भएका छन्। वर्ल्ड ११ मा सन्दीपसँगै १४ खेलाडी छन्। ह्युरिक्यान रिलिज टी-२० च्यालेन्ज नाम दिइएङ्को उक्त खेल वर्ल्ड ११ र वेष्टइन्डिजबीच हुनेछ।

आइपीएल खेलेर नेपाल फर्किएका सन्दीप केही दिन सम्मान थाप्नमै व्यस्त रहे। कसैले ब्राण्ड एम्बासडर बनाए त कतिले नगदसहित सम्मान गरे। अझ टाटा मोटर्सको नेपालमा रहेको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले त २५ लाख बजार मुल्य रहेको कार नै प्रदान गर्‍यो।

सन्दीपले अहिलेसम्म नेपालमा भएको राष्ट्रिय क्रिकेट खेलेका छैनन् तर अन्तर्राष्ट्रिय स्तरमा भने १७ वर्षको युवा उमेरमै सन्दीपले विश्वभर चर्चा बटुलिसके।

उपकप्तान ज्ञानेन्द्र मल्ल भने चोटमा कारण पिएम कप नखेली बसिरहेका छन्। दुईदिन अघि उनलाई इ-सेवाले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको थियो। पारससँगै ज्ञानेन्द्रले क्षेत्र नम्बर ३ र एपीएफबाट खेलिकसेका छन्। उनको आफ्नै एकेडेमी काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर पनि छ। सानेपामा साथीहरु मिलेर उनले उक्त एकेडेमी चलाएका छन्।

गत वर्ष ज्ञानेन्द्रकै केसीटीसीले पिएम कपको व्यवस्थापन गरेको थियो।

यी ४ खेलाडी बाहेक राष्ट्रिय टिममा रहेका अन्य खेलाडीहरु भने पिएम कप खेलिरहेका छन्। राष्ट्रिय टिम (सिनियर र जुनियर) का धेरै जसो खेलाडीहरु तीन विभागीय टोलीमा आबद्ध छन्। जसले गर्दा प्रदेशको टिम केही कमजोर जस्तो देखिएको छ। तर यसले गर्दा प्रदेशमा नयाँ खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर भने पाउने छन् र नयाँ प्रतिभा खोज्नको लागि सजिलो समेत हुनेछ।

प्रदेश ५ मा भने राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु छन्। भेट्रान स्पीनर शक्ति गौचनको कप्तानीमा रहेको प्रदेश ५ को टोलीमा सन्दीप सुनार, सुबेन्द्र पाण्डे, कृष्ण कार्की, शौरभ खनाल जस्ता खेलाडीहरु छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell