PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बजेटले प्रत्येक नेपालीमाथि १४ हजार थप ऋण भार बोकायो, करको भार उस्तै : नेपाली कांग्रेस



बजेटले प्रत्येक नेपालीमाथि १४ हजार थप ऋण भार बोकायो, करको भार उस्तै : नेपाली कांग्रेस

काठमाडौं: नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनतामाथि ऋणको भार अधिकमात्रमा बोकाएको आरोप लगाएका छन्।

आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उक्त भनाइ राखेका हुन्।

प्रमुख सचेतक खाँणले भने, 'बजेटले ऋणको भार धेरै बोकायो। प्रत्येक नेपालीमाथि २८ हजार ऋण थियो। यो तिर्दै आएको थियो। तर यो बजेटले सरदर १४ हजार ६६५ को भार थपिदिएको छ।'

सरकारले ल्याएको बजेटबारे छलफल गर्न आयोजित दलको बैठकमा सांसदहरुले बजेटले कारको दायरा वृद्धि गर्नुपर्नेमा करको भार चाँहि बढाएको भन्ने विषय उठान गरिएको थियो। 

कर बढाउनले उत्पादनमा लगानी गर्दैनन् कि भन्ने आशंका उब्जिएको खाँणले बताए। उनले भने, 'सरकारसँग त पैसा छैन। जनतासँग भएको पैसा आएन भने कसरी रोजगारीको सम्भावना कसरी बढ्छ?'

त्यसैगरी पर्यटक भित्र्याउने कुरा असम्भव कुरा गरेको कांग्रेस सांसदहरुले भनाइ राखे। खाँणले बजेटमा सपना देखाउने काममात्र भएको दाबी गरे।

कांग्रेसले मुलुकको विकासका लागि बजेटका राम्रा पक्षलाई सहयोग गर्ने र कमजोर पक्षलाई सचेत गराउँदै सरकारलाई घच्घच्याउने निर्णय गरेको उनले बताए। बैठकमा कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतलगायतले सरकारले ल्याएको बजेटका विशेषतामाथि सांसदहरुलाई ब्रिफिङ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell