PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

विश्वकप फुटबल २०१८ : यी हुन् गोल्डेन बुटका १० दाबेदार



गोविन्दराज नेपाल

विश्वकप फुटबल २०१८ : यी हुन् गोल्डेन बुटका १० दाबेदार

विश्व खेलकुदको सबैभन्दा धेरै हेरिने र धेरै फलो गरिने खेलमेला विश्वकप फुटबल सुरु हुन अब ८ दिन मात्र बाँकी छ।

२१औँ संस्करणको विश्वकप रसियामा यही जुन १४ देखि जुलाई १५ सम्म हुँदैछ। र अहिले सारा विश्वको नजर रसियातिर नै छ।

विश्वकपको उपाधि कसले जित्ला भन्ने अड्कलबाझी सुरु भइसकेको छ। यस्तै खेल जित्न आवश्यक गोल गर्ने खेलाडीले पनि छुट्टै अवार्ड पाउनेछन्। रसिया विश्वकपकमा पनि कसले बढी गोल गर्छन् र सर्वाधिक गोलकर्ताले पाउने गोल्डेनबुट अवार्ड जित्छन् भने चर्चा सुरु भइसकेको छ।

अहिलेसम्म भएका २० संस्करणमध्ये केही वर्ष सोचेकै खेलाडीले यो अवार्ड जितेका छन् भने केही वर्ष अप्रत्यासित रुपमा नयाँ खेलाडीले यो अवार्ड जित्दै आएका छन्। सन् २०१० मा आफ्नो पहिलो विश्वकप खेल्दै जर्मनीका थोमस मुलरले यो अवार्ड जितेका थिए। जतिबेला उनी २० वर्षका मात्र थिए। यस्तै चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा कोलोम्बियाका २२ वर्षिय खेलाडी जेम्स रोड्रिगेजले गोल्डेन बुट जिते।

पछिल्लो एक दशक विश्व फुटबलमा राज गरेका क्लब लेभलमा गोलको वर्षा नै गर्ने लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले भने यो अवार्ड जित्न सकेका छनै। पछिल्लो दुवै संस्करणमा यवी दुई खेलाडी दाबेदार भएपनि सोचेअनुरुप गोल गर्न सकेनन्। यसपटक पनि यी दुई खेलाडीसँगै अन्य केही खेलाडी पनि गोल्डेन बुटको दाबेदारीमा छन्।

 

यी हुन् दाबेदार १० खेलाडी

लियोनल मेसी, अर्जेन्टिना

चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएपनि उपाधि जिताउन नसकेका मेसीले कूल ४ गोल गरेका थिए। उनी सर्वाधिक गोल गर्नेमा जेम्स रोड्रिगेज (६) र थोमस मुलर (५) भन्दा पछाडी थिए।

यस पटक अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन दक्षिण अमेरिकी छनोटको अन्तिम खेलमा इक्वेडर विरुद्ध ह्याट्रिक गरेका थिए।

छनोटमा धेरै गोल गर्न नसकेपनि उनले अन्तिमा खेलमा भने ३ गोल गर्दै अर्जेन्टिनालाई रसियाको टिकट कटाए। यस पटक पनि अर्जेन्टिनाको भाग्य धेरै हदसम्म मेसीकै प्रदर्शनमा निर्भर हुनेछ उनलाई अरु खेलाडीले कस्तो साथ दिनेछ त्यो भने हेर्न बाँकी छ। तर क्लब फुटबलमा सबै खाले उपलब्धी हात पारिकसका र बार्सिलोनाका लागि गोल मेसिनका रुपमा रहेका मेसी जुनसुकै बेला गोल गर्न र नतिजा पल्टाउन माहिर छन्।

 

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

रसिया विश्वकप २०१८ को छनोट चरणमा सर्वाधिक गोल गर्नेको सूचीमा रोनाल्डो पोल्याण्डका लेवान्डोव्स्की भन्दा मात्र पछि थिए। पोर्चुगललाई विश्कपमा छनोट गराउन रोनाल्डोले कूल १५ गोल गरे।

चार वर्षअघि पोर्चुगल समूह चरणबाटै घर फर्किएपछि रोनाल्डोले आफ्नो लेभलको खेल देखाउने अवसर पाएनन्। तर दुई वर्षपछि फ्रान्समा पोर्चुगललाई युरो च्याम्पियन बनाउदा रोनाल्डोले ३ गोल गरे। यस पटक उरोपियन भुमिमै हुने विश्वकपमा रोनाल्डोलाई पनि गोल्डेन बुटको दाबेदारको रुपमा हेरिएको छ। भर्खरै रियल मड्रिडलाई कीर्तिमानी १३औँ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाउन भुमिका खेलेका रोनाल्डोले पनि क्लब लेभलमा सबै खाले उपलब्धी हात पारिसकेका छन् भने गोल गर्नमा पनि माहिर छन्।

 

ह्यारी केन, इंग्ल्याण्ड

गत सिजन क्लब फुटबलमा मेसी र रोनालडोकै हाराहारीमा गोल गरेका युवा खेलाडी ह्यारी केन इग्ल्याण्डका कप्तान समेत हुन्। टोटनहमबाट व्यावसयीक फुटबल खेल्ने ह्यारी केन सामु यो पटक ठूलो परिक्षा छ। इगलिस टोलीलाई नेतृत्तव गर्ने र क्लब लेभलमा गरेको प्रदर्शन दोहोर्‍याउने।

स्टार खेलाडीहरु भएपनि इंग्ल्याण्डलाई ठूलो प्रतियोगितामा कमजोर प्रदर्शन गर्ने टोलीको ट्याग छ। यस पटक कप्तान ह्यारीले इग्ल्याण्डमा उपाधि यात्रामा अगाडी बढाउन सके उनलाई पनि गोल्डेन बुटको दाबेदारको रुपमा हेर्न सकिन्छ।

 

एन्टोनी ग्रीजमन, फ्रान्स

युरोकप २०१६ को सर्वाधिक गोलकर्ता हुन् ग्रीजमन। दुई वर्षअघि घरेलु मैदानमै भएको युरोमा फ्रान्सलाई फाइनलसम्म पुर्‍याउँदा उनले कूल ६ गोल गरेका थिए।

एट्लेटिको मड्रिडबाट क्लब फुटबल खेल्ने ग्रीजमन फ्रान्सको लागि गोल गर्ने मुख्य खेलाडी समेत हुन्।

यदी फ्रान्स उपाधि यात्रासम्म अगाडी बढे ग्रीजमनलाई पनि गोल्डेन बुटको सम्भावित दाबेदारको रुपमा हेरिएको छ।

 

रोवर्ट लेवान्डोव्स्की, पोल्याण्ड

रसिया विश्वकप २०१८ को छनोट चरणमा सर्वाधिक १६ गोल गर्ने खेलाडी हुन् पोल्याण्डका लेवान्डवव्स्की। पोल्याण्डका कप्तान समेत रहेका यी खेलाडी पनि गोल गर्नमा माहिर छन्। क्लब फुटबलमा जर्मन क्लब वायर्न म्युनिखबाट खेल्ने लेवान्डोव्स्कीले उक्त फर्म कायमै राखे रसियामा पनि धेरै गोल गर्न सक्छन्।

 

नेमार, ब्राजिल

चार वर्षअघि घरेलु मैदानमै भएको विश्वकपमा नेमारले मेसी समान ४ गोल गरेका थिए। कोलोम्बिया विरुद्धको खेलमा चोट लागेपछि उनले सेमिफाइनल खेल भने खेल्न पाएनन् जुन खेल ब्राजिलले जर्मनीसँग ७-१ ले हारेको थियो।

यसपटक पनि चोटका कारण नेमार ब्राजिलको टिममा पर्ने/ नपर्ने अन्योल कायमै थियो। तर विश्वकप खेल्ने अन्तिम टोलीमा नेमारको नाम पक्का रहेपछि उनलाई पनि गोल्डेन बुटको दाबेदारको रुपमा हेरिएको छ।

चोटबाट पुनरागमन गर्दै दुई दिनअघि खेलिएको वार्मअफ म्याचमा नेमारले क्रोएसिया विरुद्ध गोल गर्दै आफ्नो लय देखाइसकेका छन्। क्लब फुटबलमा पिएसजीबाट खेल्ने नेमारलाई ब्राजिलियन टिमको अट्याकमा रोवर्टो फिर्मिनो, गाब्रीएल जेससले साथ दिनेछन्।

 

टिमो वेर्नर, जर्मनी

जर्मनीका युवा स्टार हुन् टिमो वेर्नर। सन् २०१७ मा रसियामै कन्फेडेरेसन कप हुनुअघि उनलाई कमैले चिन्थे। तर जर्मनीलाई च्याम्पियन बनाउँदा सहकर्मी लियोन गोरेट्जका र लार्स सटिन्डलसँगै सर्वाधिक ३ गोल गरेका वेर्नर अहिले जर्मनीको अट्याक सम्हाल्ने खेलाडी हुन्। क्लब फुटबलमा लेइपजिगबाट फुटबल खेल्ने उनले आफुलाई प्रमाणित गरिसकेका छन्।

सन् २०१० मा जर्मनीको यू-१५ टोलीबाट खेल्न सुरु गरेका वेर्नरले जर्नीको सबै उमेर समूहबाट खेल्दै सन् २०१७ मा राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए।

त्यसयता उनले राष्ट्रिय टोलीका लागि १३ खेल खेल्दै ७ गोल गरिसकेका छन्। सन् २०१० मा थोमु मुलरले डेब्युमै गोल्डेन बुट जितेका थिए। यस पटक साविक विजेता जर्मनीले उपाधि रक्षा गर्न सके जर्मनीका लागि यी खेलाडीले धेरै गोल गर्न सक्छन्।

 

लुइस सुवारेज, उरुग्वे

बार्सलोनाबाट क्लब फुटबल खेल्ने उरुग्वेका लुइस सुवारेज पनि फिफा विश्वकपमा गोल्डेन बुटको दाबेदार हुन्। सुवारेजको देश उरुग्वे समूह ए मा आयोजक रसिया, इजिप्ट र साउदी अरेबिया जस्ता टोली रहेका कारण पनि सुवारेजले सुरुमै गोल गर्न सक्छन्।

 

रोमेलु लुकाकु, बेल्जियम

प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडबाट खेल्ने लुकाकु बेल्जियम टोलीमा मुख्य फरवार्ड हुन्।

विश्वकपको डार्क हर्सको रुपमा रहेको बेल्जियमलाई पहिलो पटक उपाधि यात्रासम्म अगाडी बढाउन लुकाकुको गोल पनि निर्णायक हुन सक्छ।

 

थियागो, स्पेन

यस पटक स्पानिस टोलीमा फरवार्ड अलभारो मोराटा टिममा नपरेपछि थियागोलाई गोल गर्ने खेलाडीको रुपमा हेरिएको छ। डिएगो कोस्टा, रोड्रिगो र इआगो असपास जस्ता फरवार्ड लाइन रहेपनि गोल गर्नमा माहिर खेलाडी भने स्नेमा छैनन्। त्यसैले जर्मन क्लब वायर्नु म्युनिखबाट खेल्ने यी पूर्व बार्सा खेलाडीले स्पेनलाई अगाडी बढाउन गोल गर्न सक्छन्।

 

इजिप्टका मोहमद शालहले गत सिजन लिभरपुलका लागि गोलको वर्ष गरेपनि च्याम्पियन्स लिग फाइनलमा चोट लागेपछि रसियामा सुरुवाती खेल नखेल्ने त्यहाँको फुटबल संघले जनाएको छ। 

यसबाहेक ब्राजिलका गाब्रीएल जेसस, अर्जेन्टिनाका सर्जियो अगुएरो र पउलो डिबला, जर्मनीका थोमस मुलर, इंग्ल्याण्ड्का जेमी भार्डी, डियागो कोस्टा पनि सर्वाधिक गोल गर्ने सम्भावित खेलाडीको सूचीमा छन्।

 

अहिलेसम्मका प्रत्येक विश्वकपका सर्वाधिक गोलकर्ताहरु

१९३० : गुइलेर्मो स्टाबिल (अर्जेन्टिना) -८

१९३४ : ओल्डरिच नेजेड्ली 9चेकोस्लोभाकिया) - ५

१९३८ : लियोनिदास (ब्राजिल) - ७

१९५० : अडेमिर (ब्राजिल) - ८

१९५४ : सान्डोर कोसिस (इटली)- ११

१९५८ : जस्ट फन्टेन (फ्रान्स) - १३

१९६२ : गारिन्चा भाभा (ब्राजिल) लियोनास सान्चेज (चिली) फ्लोरियन अल्बर्ट (हंगेरी) भ्यालेन्टिन इभानोभ (सोभियत रुस) ड्राजन डेर्जोभिक (युगोस्लाभिया) - ४

१९६६ : युसेबियो (पोर्चुगल) - ९

१९७० : गर्ड मुलर (जर्मनी) - १०

१९७४ : गर्जे लाटो (पोल्याण्ड) - ७

१९७८ : मारियो केम्पस (अर्जेन्टिना)- ६

१९८२ : पाउलो रोसी (इटली)- ६

१९८६ : ग्यारी लिनेकर (इंग्ल्याण्ड)- ६

१९९० : साल्भाटोर सिलाची (इटली) - ६

१९९४ : ह्रिस्टो स्टोइचकोभ (क्लेगिरिया) ओलेग सालेन्को (रसिया)- ६

१९९८ : डेभोर सुकोर (क्रोएसिया) - ६

२००२ : रोनाल्डो (ब्राजिल)- ८

२००६ : मिरोस्ला क्लोज (जर्मनी) - ५

२०१० : थोमस मुलर (जर्मनी) डेभिड भिया (स्पेन) डिएगो फोर्लान (उरुग्वे) वेस्ले स्नाइडर (नेदरल्याण्ड्) - ५

२०१४ : जेम्स रोड्रिगेज (कोलोम्बिया) - ६

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell