PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेप्से विवाद : पछि हट्यो सरकार, पूँजिगत लाभ करको निर्णय फिर्ता



नेप्से विवाद : पछि हट्यो सरकार, पूँजिगत लाभ करको निर्णय फिर्ता

काठमाडौं : आन्तरिक राजस्व विभागले लगानीकर्ताको चर्को बिरोधपछि हकप्रद र बोनस शेयरको आधार मूल्यमा पूँजीगत लाभकर लगाउने निर्णय फिर्ता लिएको छ। विभागले आइतबारदेखि कार्यान्वयन हुने गरि लाभकर असुल उपर गर्न धितोपत्र बोर्ड, सिडिएससी र नेपाल स्टक एक्सचेन्जलार्इ निर्देशन दिएको थियो। 

 यसबीचमा मन्त्रालयले लगानीकर्तासँग वार्ता गरेको थियो। वार्तामा मन्त्रालयका अधिकारीले तत्काल निर्णय फिर्ता लिने आस्वासन लगानीकर्तालाई दिएका छन्।
 
राजस्व विभागको निर्देशनसँगै लगानीकर्ताको चर्को विरोध र कारोबार नै ठप्प पारेपछि विभाग पछाडि हटेको हो। लगानीर्ताले सोमबारदेखि विभागको निर्देशन फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका थिए। दोस्रो बजारमा सोमबारदेखि कारोबार नगर्ने भनिएता पनि लगानीकर्ता संघ संगठन मन्त्रालयमा बार्ताको लागि गएसँगै कारोबार भएको थियो। 
 
सोमबार मन्त्रालयले लगानीकर्ताको गुनासो सुनेको थियो। त्यसपछि पुनः वार्तामा बस्ने भन्दै फिर्ता पठाएको थियो। लगानीकर्ताको वार्तासँगै मन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससीसँगै अहिलेको विभागले निर्देशन गरे बमोजिम कर असुल उपर गर्न सकिन्छ कि सकिँदैन भन्दै राय माग गरेको थियो। तीन वटै निकायले अहिलेको प्रणाली अनुसार कर असुल गर्न सकिने बताएका थिए। 
 
आफ्नो माग सम्बोधन नभएपछि मंगलबार कारोबार ठप्प पारेका लगानीकर्तालार्इ साम्य पार्न मन्त्रालयले एक अध्ययन समिति बनाएको थियो। यसै समितिको निर्णयका आधारमा अगाडि बढ्ने भनिएको भएता पनि लगानीकर्ता भने बुधबार पनि आन्दोलनमै छन्। उनीहरुले सम्पूर्ण ब्रोकर कार्यालयमा कारोबार नगर्न दबाब दिएका छन् भने धितोपत्र बोर्डमा विरोध प्रदर्शन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell