PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विश्वकपमा ४५ वर्षे हदरी पनि मैदानमा उत्रिँदै: कुन क्लबबाट कति जना सहभागी?



विश्वकपमा ४५ वर्षे हदरी पनि मैदानमा उत्रिँदै: कुन क्लबबाट कति जना सहभागी?
फोटो: thenational.ae

८ दिनपछि रसियामा हुने २१ औं संस्करणको फुटबलको महाकुम्भ विश्वकपमा सहभागी हुने ७३६ खेलाडीहरु यतिबेला तयारीमा जुटिरहेका छन्। यसपटक रसियाका १२ स्टेडियमा ३२ देशका ५३६ खेलाडीहरु आफ्नो खेल जीवनको सपनाको रुपमा रहेको विश्वकपमा फुटबलसँगै दौडिने छन्। 

विश्वकप खेल्ने ३२ राष्ट्रको २३ सदस्यीय टोलीभित्र पर्न सफल ७३६ मध्ये २०० जना खेलाडीहरुले यसअघिका विश्वकपमा सहभागिता जनाइसकेका छन्। भने बाँकी ५३६ पहिलोपटक विश्वकपको प्रतिस्पर्धामा उत्रिँदै छन्। 

यसअघिका विश्वकपमा आफ्नो प्रतिभा देखाएका २०० खेलाडी मध्ये १८६ जनाले २०१४ मा ब्राजिलमा सम्पन्न २० औं संस्करणको विश्वकपमा सहभागी भएका थिए। जसमध्ये ६१ जना २०१० मा अफ्रिकामा सम्पन्न विश्वकपमा समेत सहभागी थिए। 

२१ जना जर्मनी विश्वकप  २००६ र १ जना २००२ मा कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा सहभागी भएका थिए।  एन्टोनियो कारबाजल, लोथस म्याथुस र गिगि बफ्न पछि विश्वकपको पाचौं संस्करणमा सहभागी हुने चौथौं खेलाडी राफेल मार्कवेज बन्दै छन्। मेक्सिकोबाट रसिया वर्ल्डकपमा सहभागि हुने उनी यस्ता खेलाडी हुन जो प्रशिक्षणको दौरानमा टिम स्पोन्सर नभएको जर्सी लगाएका थिए। उनी विरुद्ध अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले लागुऔषध कारोवार, संगठित अपराधसहितका अनेक अभियोग लगाएको छ। उनलाई डिपार्टमेन्टले लागुऔषध तस्करीका नेताको रुपमा व्याख्या गर्दै आएको छ।

सोही कारणले पनि टिम स्पोन्सरले उनको जर्सीका लागि स्पोन्सर गर्न नमानेको बताइएको छ।

इंग्ल्याण्डका सबै २३ राष्ट्रिय लिगका उत्पादन

इंग्ल्याण्डका सबै खेलाडी त्यहाँको राष्ट्रिय लिगबाट आएका छन्। इंग्ल्याण्डका डिफेन्डर केल वाल्करले यसपटकको टोली सामुहिक रुपमा खेल्ने प्रतिक्रिया दिएका छन्। टोलीका सबै खेलाडीहरु राष्ट्रिय लिग खेलेका र एक अर्कालाई पूर्णरुपमा चिनेका भएका कारण पनि सामूहिकतामा रहेर खेल प्रदर्शन गर्ने उनले बताए। 

मेनेजर गारेथ साउथगेटले सामुहिक टोली बनाएको उनले प्रतिक्रिया दिएका छन्। 'म पूर्णरुपमा विश्वस्त छु की मेनेजरले केही नयाँ आइडिया लिएका छन्। यसअघि मैले देखेको थिए खेलाडीहरु आउँथे जान्थे। उनीहरु फरक फरक वातावरणमा आएका हुन्थे,' उनले भने।

बेल्जियम, आइसल्याण्ड, नाइजेरिया र स्विटजरल्याण्डले घरेलु प्रतियोगिताबाट एक-एक खेलाडी छानेका छन् भने सेनेगल र स्विडेनले घरेलु प्रतियोगिताबाट एउटा पनि खेलाडी छानेका छैनन्। रसिया विश्वकपमा सहभागी हुने ७४ प्रतिशत खेलाडीहरु युरोपका छन्।     

५३ जनाको नाममा गोल

विश्वकप सहभागी हुने खेलाडी मध्ये ५३ जनाले विश्वकपमा गोल गर्ने सूचीमा आफनो नाम लेखाइसकेका छन्। जसमध्ये थोमस मूलरले सबै यसअघि २०१० र २०१४ मा भएका विश्वकपमा १० गोल गरिसकेका छन्। 

त्यस्तै कोलम्बियाका जेम्स रोड्रिग्रेजको ६, टिम क्याहिल, गोन्जयालो हिगुयान, लियोनल मेसी र लुइस स्वारेजले ५-५ गोल आफ्नो नाममा पारेका छन्।  

४५ वर्षे हदरीको रसिया यात्रा

यसपटकको विश्वकमा सबैभन्दा पाका खेलाडी इजिप्टका गोलकिपर इसाम इल हदरी छन्। ४५ वर्ष ५ महिनाका उनीपछि मेक्सिकोकाका राफेल कार्कवेज पाका खेलाडी हुन्। उनी हदरी भन्दा छ वर्ष कान्छा छन्। 

मार्केवेज सेनेगलका प्रशिक्षक एलिउ सिसि, सर्बियाका प्रशिक्षक माल्डेन क्राटाजिक, र बेलजियमका प्रशिक्षक रोबर्टो मार्टिनेज भन्दा पनि पाका छन्। इल हदरी रसिया विश्वकपमा खेलेको खण्डमा उनले कोलमबियाका फ्राइड मोर्डागन ४३ बर्ष ३ दिन को रेकर्ड भंग गर्नेछन्। 

१९ वर्ष र पाँच महिनाको उमेरका अष्ट्रेलियन खेलाडी ड्यानियल आर्जीनी रसिया २०१८ विश्वकपका खेल्ने सबैभन्दा कान्छा खेलाडी हुन। फेमि ओपनबंमी (१७ वर्ष र दुई महिना), थिओ वाल्कोट (१७ वर्ष र तीन महिना), क्रिस्टियन एरिकसन (१८ वर्ष र चार महिना) र फयाबरिक ओलिंगा (१८ वर्ष र एक महिना) २००२ २००६, २०१० र २०१४ विश्व कपमा सबै भन्दा कम उमेरका खेलाडी थिए। 

उरुग्वेका प्रशिक्षक ओस्कर तावारेज र सेनेगलका प्रशिक्षक  एलिउ सिसिबिच २९ वर्षको फरक छ।  ७१ वर्षे तावारेज ओट्टो रेहन्गेल पछि विश्वकपमा सहभागीहुने दोस्रो जेठा प्रशिक्षक हुनेछन्। सिसि जन्मेको केही वर्ष पछि ओट्टो रेहन्गेलले आफ्नो क्यारियर सुरु गर्दै थिए।
 

म्यानचेस्टर सिटीका १६ खेलाडी

यसपटकको रसिया विश्वकपमा म्यानचेस्टर सिटीका सबैभन्दा बढी खेलाडी सहभागि हुँदै छन्। म्यानचेस्टर सिटीका १६ जना खेलाडीले रसिया विश्वकपमा सहभागिता जनाउँदै छन्। त्यस्तै प्रिमियर लिग च्याम्पियन रियल म्याड्रिडका (१५), बार्सिलोना (१४)ले विश्वकपमा विभिन्न देशको प्रतिनिधित्व गर्दै सहभागि हुँदै छन्। 

चेल्सी, पेरिस सेन्ट-जर्मन र टोटेनहम हटस्पटका (१२) खेलाडीले रसिया  विश्वकपमा खेल्नेछन्। इङ्गल्यान्डका क्लबबाट सबैभन्दा अधिक खेलाडी (१२४), त्यसपछि स्पेन (८१) र जर्मनी (६७) विश्वकपमा खेल्दैछन्। 

१६ नम्बर जर्सीकासाथ रसियन मूलका राफेल मार्कवेज र जाभियर मस्चेनानो विश्व कपका धेरै खेलहरुमा उपस्थित जनाउने खेलाडी बन्ने छन्। उनीहरुपछि लियोनेल मेसी (१५), मेसट ओजिल (१४) रहेका छन्। त्यस्तै थोमस मुलर, म्यानुएल नीवर, सर्जियो रामोस र क्रिस्टियानो रोनाल्डोले १३ खेल खेलेका छन्।

१२ वर्षपछिको पुनरागमन

यसपटकको विश्वकप दुई खेलाडिका लागि १२ वर्ष पछिको पुनरागमन हुनेछ। कोस्टा रिकाका रन्डाल अजोफिइफाले सन् २००६ को विश्वकपमा जर्मनीसंग ४-२ ले पराजित हुंदा वैकल्पिक खेलाडीका रुपमा खेलेका थिए। त्यस्तै पोल्याण्डका लुक्जा फ्याबियस्की पनि १२ वर्षपछि पुन: विश्वकप खेल्दै छन्। त्यतिबेला उनी नम्बर १ अर्टर बोरुकका लागि ब्याकअप खेलाडी थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell