PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

रसियाली टोलीका ५ प्रभावशाली खेलाडी



रसियाली टोलीका ५ प्रभावशाली खेलाडी

रसियाको लुझनिकि स्टेडियममा भोलि विश्वकप २०१८ को उद्घाटन खेल हुदैछ। उक्त खेलमा आयोजक राष्ट्र रसिया र साउदी अरेबिया बिच खेल हुनेछ। 

फिफा विश्वकप २०१८ मा रसियाको टोलीमा चर्चित खेलाडीहरु छैनन्। तर यसको अर्थ यो होइन कि आयोजक राष्ट्रले विश्वकपमा केही आश्चर्यचकित पार्ने खेल देखाउन सक्दैनन्। 

फिफाले रसियाली टोलीका ५ प्रभावशाली खेलाडीको विश्लेषण गरेको छ। 


इगोर एकिनफिव, गोलकिपर, ३२ वर्ष

एकिनफिवको आत्मविश्वास र प्रभावले गर्दा उनले १८ वर्षको उमेरमा पहिलो अन्तराष्ट्रिय डेब्यु गर्ने मौका पाएका थिए। त्यँहीदेखी उनी स्बोरनायाका लागि निर्विवादितरुपमा पहिलो छनौटका गोलकिपरकारुपमा रहेका छन्। खेलमैदानमा कहिलेकाहीं प्रतिरक्षा गर्दा कुनै पनि त्रुटि हुनसक्छ। तर जब इगोर आफ्नो क्षेत्रमा रहन्छ, उनीको अगाडिबाट बल लानु असम्भव हुन्छ। संसारभरका धेरै फुटबल पण्डितहरू आयोजक राष्ट्रले विश्वकपको दबाब सामना गर्न सक्षम हुनेमा प्रश्न उठाइरहँदा त्यो चासो एकिनफिवको दिमागले एकपटक पनि सोचेको छैन होला।

सर्जी इग्नासेविच, सेन्टर ब्याक, ३८ वर्ष
रसियाली राष्ट्रिय टोलीको सबैभन्दा पुरानो खेलाडी इग्नासेविच सबैभन्दा अनुकरणीय पनि छन्। रसियन र सोभियत फुटबल इतिहासको समयबाट अरूले यस्तो उमेरसम्म अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छैनन्। स्बोरनायाबाट दुई वर्ष पहिले सन्यास लिएका इग्नासेविच मुख्य प्रशिक्षकको प्रस्तावमा टोलीमा फर्केका हुन्। उनी रसियाली डिफेन्सका लागि एक महत्वपूर्ण खेलाडी हुनेछन्। इग्नासेविच भन्छन्, "मेरो काम सरल छ: बल फिर्ता लिने, मेरो टोलीका साथीहरूलाई दिने, उनीहरुलार्इ कवर प्रदान गर्ने, डिफेन्सबाट बल खेल्ने र टोलीलाई सहयोग गर्ने ।" इग्नासेविचले आफ्ना टोलीमा रहेका अरु खेलाडीभन्दा यो काम राम्रोसँग गर्न सक्छन्।

अलेक्स्यानडर गोलोभिन, एट्याकिङ् मिडफिल्डर

आफूलार्इ प्रभावशाली खेलाडीका रुपमा प्रमाणित गरिसकेका २२ वर्षिय गोलोभिन रसियन टोलीका कान्छा खेलाडी हुन। मिडफिल्डरका रुपमा उनी एक आधुनिक खेलाडी हुन् जो सबै भूमिका खेल्न मनपराउँछन्। प्रायः उनी मिडफिल्ड वा सेन्टर फर्वाडमा बढ्दै जान्छन्। उनी राम्रो रेन्जबाट उत्कृष्ट शट प्रहार गर्न सिपालु छन् , र केहि उत्कृष्ट गोल गर्न सक्षम छन्। अनुभवको कमी भएतापनि रसियाका प्रशंसकहरू विश्वकपमा केही रचनात्मक खेलका लागि उनीमाथि विश्वस्त छन्। गोलोभिनका लागि यो प्रतियोगिता आफ्नो पहिचान बनाउने एक अवसर पनि हो किनभने यूरोपीयन क्लबहरु उनलार्इ रुचिका साथ हेर्दैछन्।


फियोडोर स्मोलोभ, स्ट्राइकर, २८ वर्ष

डच फर्वार्ड क्विनसी प्रोम्सको एकल स्ट्राइकबाट पराजित हुनुभन्दा अघिसम्म स्मोलोभ गत सिजनको अन्त्यसम्म लगातार तेस्रो पटक रूसी शीर्ष गोलकर्ताको अवार्डको उपाधि जित्ने तयारीमा थिए। स्बोरनायाले धेरै गोल गर्न नसकेको अवस्थामा स्मोलोभ उनीहरुका एक मात्र भरोसा थिए। स्मोलोभले चेर्चेशोभको समयमा स्पेन लगायतका राष्ट्र विरुद्ध ७ गोल गरेका थिए। उनी रसियाली टोलीबाट विश्व कपमा एक्ला स्ट्राइकरका रूपमा खेल्ने सम्भावना छ।


अलेक्स्याण्ड सैमेडोभ, राइट विङ्गर, ३३ वर्ष 

सैमेडोभ रसिया २०१८ विश्वकपकमा खेल्नका लागि धेरै आतुर छन्। उनले भर्खरै भनेका छन् "यो मेरो जीवनको सबै भन्दा ठूलो प्रतियोगिता हो।" कल्बहरुबाट त्यति खेल्न नसकेका भएपनि राष्ट्रिय टोलीमा उनको भूमिका कम हुनेछैन। पछिल्लो केहि वर्षहरु उनले गरेको गोल र एसिस्टको तुलना गर्दा उनको जस्तो प्रदर्शन बांकी खेलाडीहरुले गरेका छैनन्। स्बोरनायाबाट २०११ बाट खेल सुरु गरेका उनी अब विश्वकपमा आफ्नो खेल देखाउन तयार छन् । ठिक समयमा ठिक ठाउँमा पुग्न सक्षम खेलाडी भएकाले यो विश्वकपमा लाखौं दर्शकहरु उनीबाट धेरै आशावादी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell