PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

लुझनिकि स्टेडियम जहाँ विश्वकप २०१८ को उद्घाटन खेल हुदैछ



लुझनिकि स्टेडियम जहाँ विश्वकप २०१८ को उद्घाटन खेल हुदैछ

रसियाको लुझनिकि स्टेडियममा भोलि आयोजक राष्ट्र रसिया र साउदी अरेबियाबिच ८:४५ बजे विश्वकप २०१८ को उद्घाटन खेल हुदैछ। उद्घाटन र समापन खेल गरी यस स्टेडियममा विश्वकपका कुल ७ खेल हुनेछन्।
 
 १७ जुनमा जर्मनी र मेक्सिको , २० जुनमा पोर्चुगल र मोरोक्को र २६ जुनमा डेनमार्क र फ्रान्स पनि यही स्टेडियममा भिड्नेछन्। राउण्ड अफ १६ को एक खेल र सेमिफाइनल खेल पनि यहीँ खेलाइनेछ।
 
४ वर्ष लगाएर पुर्ननिर्माण गरिएको लुझनिकि स्टेडियममा ८०,००० दर्शक अटाउनसक्ने क्षमता छ। पहिले यो स्टेडियमको क्षमता ७८,००० थियो। लुझनिकि स्टेडियमलार्इ १९५० र १९६० तिर लेनिन सेन्ट्रल स्टेडियम भनिनथ्यो जहाँ सोभियत युनियनका खेल हेर्न लगभग १ लाख दर्शक आउने गर्दथे।  

लुझनिकि स्टेडियमको दाया छेउमा मोक्सभा नदी छ। 


रसियाको राजधानी मोस्कोमा १८० हेक्टर मा फैलिएको लुझनिकि स्टेडियम युरोपका ठूला स्टेडियम मध्ये एक हो। लुझनिकि ओलम्पिक कम्पलेक्सकै एक भाग मा यो स्टेडियम रहेको छ। लुझनिकि स्टेडियम अपाङ्गमैत्री रहेको छ। यहाँ अपाङ्गता भएका व्यक्ति र उनको साथमा आएका व्यक्तिका लागि छुट्टै बस्ने व्यवस्था छ ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell