PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

आजदेखि वर्ल्डकप : उद्घाटन खेलमा एसियाली देश र आयोजक देशको भिडन्त



आजदेखि वर्ल्डकप : उद्घाटन खेलमा एसियाली देश र आयोजक देशको भिडन्त

चार वर्षपछि रसियामा आजदेखि एक महिने फुटबल महाकुम्भ सुरु हुँदैछ। उद्घाटन खेलमा एसियाली देश साउदी अरेबिया र आयोजक देश रसियाको भिडन्त हुँदैछ। 

विश्वकपको उद्घाटन म्याचमा खेल्ने साउदी अरेबिया पहिलो एसियाली देश हुँदैछ। 

ग्रुप एमा परेका यी दुवै देशको अहिले खराब फर्म चलिरहेछ। रसिया विगतका सात खेलमा जित हासिल गर्न असफल रहेको छ। गत अक्टोबरमा कोरियालाई हराएयता उसले जितको स्वाद चाखेको छैन। 

यता साउदी अरेबिया भने लगातार तीन वटा मैत्रिपूर्ण खेलहरुमा पराजित भएको छ। यद्यपि ती तीनै देश बलिया प्रतिस्पर्धी भने थिए- इटाली, पेरु र विश्वकप विजेता जर्मनी। 

विश्वकपको इतिहास हेर्ने हो भने पनि रसियाले सन् २००२ को विश्वकप यता कुनै खेल जितेको छैन। साउदी अरेबियाले त झन् सन् १९९४ मा हो पछिल्लो पटक जितेको। आजको जित दुवै टिमका लागि महत्त्वपूर्ण हुनेछ। 

विश्वकप उद्घाटन खेलको इतिहास हेर्दा पनि उद्घाटन खेल कुनै आयोजक टिमले हारेको छैन। सन् १९७० मा सोभियत युनियनका रुपमा रसियाले मेक्सिकोसित उद्घाटन खेल खेल्दा ०-० को ड्र भएको थियो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell