PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

आज तीन खेल : समूह 'ए'बाट इजिप्ट र उरुग्वे, 'बी' मा इरानको मोरक्को, स्पेन र पोर्चुगलको भिडन्त



आज तीन खेल : समूह 'ए'बाट इजिप्ट र उरुग्वे, 'बी' मा इरानको मोरक्को, स्पेन र पोर्चुगलको भिडन्त

विश्वकप फुटबलमा  आज तीन खेल हुँदैछन्। समूह 'ए' मा रहेका इजिप्टले उरुग्वेको सामना गर्दैछ। नेपाली समय अनुसार आज साँझ पौने ६ बजे यो खेल सुरु हुनेछ।

त्यस्तै  समूह 'बी'का दुई खेल पनि आजै हुनेछन्। बेलुकी पौने ९ बजे मोरक्को र इरानको खेल हुनेछ भने राति पौने १२ बजे स्पेन र पोर्चुगलबीच खेल हुनेछन्।

इजिप्ट - उरुग्वे

आयोजक रसियाले ५-० को अन्तरमा साउदी अरेबियालाई पराजित गरेपछि  समूह  'ए'मा रहेको  उरुग्वेलार्इ दबाब बढेको छ।  इजिप्टका मोहम्मद सालहाको उपस्थितिबाट इजिप्टले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। चोटका कारण उनी खेल्ने विषयमा प्रश्न थियो। मोहम्मद सालहा आजै २६ वर्ष पुग्दैछन्।
 
उरुग्वेबाट ८ विश्वकप खेलमा ५ गोल गरेका लुइस स्वारेज र  दक्षिण अमेरिकी क्वालिफाइङमा १० गोल गरेर उच्च गोलकर्ता बन्न सफल इदिन्सन क्याभिनीमाथि सबैको नजर रहनेछ। २००६ मा एक पटकमात्र एकअर्काका विरुद्ध  खेलेका यी दुर्इ आज विश्वकपमा प्रतिस्‍पर्धा गर्दैछन्। उक्त खेलमा  उरुग्वेले इजिप्टलार्इ २-० गोलले पराजित गरेको थियो। उरुग्वेले १९३० र १९५० मा गरी दुर्इ पटक विश्वकप उपाधि जितिसकेको छ। 

अपराजित इरानको मोरक्कोसित भिडन्त 

यस्तै,  समूह बीमा रहेका इरान र मोरक्को पहिलो पटक विश्वकप प्रतिस्पर्धामा उत्रँदैछन्। योभन्दा पहिले एक पटक आमने सामने भएको खेल बराबरीमा सकेको थियो। इरान र  मोरक्को दुबै राष्ट्र पाचौं पटक विश्वकपमा सहभागी हुँदैछन्। इरानले हालसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन। इरानले विश्वकप क्वालिफाइङ २०१८ का खेलहरुमा १२ खेलमा विजयी र ६ खेलमा बराबरी गर्दै रसियाकालागि अपराजित यात्रा तय गरेको हो।

यस्तै, पाचौं पटक विश्वकपमा सहभागी हुँदै गरेको मोरक्को १९९६ विश्वकपमा मात्रै राउण्ड अफ १६ मा प्रवेश गरेको थियो। बाँकी  सबै खेलहरुमा मोरक्को समूह चरणबाटै बाहिरिएको थियो।  

युरोपेली पावरहाउस स्पेनको पोर्चुगलसित भिडन्त

आज समूह 'बी' कै बहुप्रतीक्षित स्पेन र पोर्चुगल बीच खेल हुँदैछ। हालसम्म ३५ पटक एकअर्काविरुद्ध खेलेकोमा स्पेन १६ पटक विजयी भएको छ भने पोर्चुगलले ६ खेलमात्र जितेको छ। बाँकी १३ खेल बराबरीमा टुंगिएको थियो। १९७८ विश्वकपपछि लगातार ११ औं पटक स्पेन विश्वकपमा सहभागी भएको हो। l डियगो कोस्टा, डेविड सिल्भा, सर्जिओ रामोस जस्ता अनुभवि खेलाडी रहेको स्पेनमाथि विजयी पाउन रोनाल्डोलार्इ पोर्चुगल टिमको साथ चाहिन्छ। 

दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकपमा नेदरल्याण्डसलार्इ १-० ले पराजित गर्दै स्पेनले पहिलोपटक विश्व विजेता बनेको थियो। २०१४ मा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो। २००२ पछि लगातार ५ पटक विश्वकपमा सहभागी हुँदै गरेको पोर्चुगल पनि २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell