PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

९० ‍औँ मिनेटको गोलले इजिप्टमाथि उरुग्वेको जित



९० ‍औँ मिनेटको गोलले इजिप्टमाथि उरुग्वेको जित

मध्यान्तरसम्म बिना गोल बराबरी। मध्यान्तरपछि पनि कसैले गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिने लगभग निश्चित झैँ भइसकेको थियो। तर फुटबलमा नतिजा पूर्वानुमान गर्न गाह्रो हुन्छ। ९० औँ मिनेटमा गिमिनेजले गोल गरेपछि इजिप्टमाथि उरुग्वेले जितमात्र हात पारेन, महत्त्वपूर्ण तीन अङ्क पनि हात पार्‍यो। 

समूह एका सबै टिमले एक-एक खेल खेलिसकेपछि अब आयोजक रसिया गोल अन्तरका आधारमा सबैभन्दा माथि रहेको छ भने उरुग्वे समान तीन अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। इजिप्ट र साउदी अरेबिया भने बिना कुनै अङ्क पुछारमा रहेका छन्। 

यो खेलसँगै उरुग्वेले सन् १९७० यता विश्वकपमा पहिलो पटक पहिलो खेलमा विजय हात पारेको ह्यो। इजिप्टले भने अहिलेसम्म पनि विश्वकपका खेलमा जित हात पार्न बाँकी छ। 

सान्चेजले दायाँ छेउबाट हानेको फ्रि किकलाई उरुग्वेका डिफेन्डर गिमेनेजले हेड गरी दायाँ छेउको जाली चुमाएपछि उरुग्वे विजयी भएको हो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell