PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

यस्तो रह्यो रोनाल्डोको ह्याट्रिक र स्पेनका तीन गोलसहित बराबरी भएको म्याचको हाइलाइट्स, हेर्नुस् भिडियो



यस्तो रह्यो रोनाल्डोको ह्याट्रिक र स्पेनका तीन गोलसहित बराबरी भएको म्याचको हाइलाइट्स, हेर्नुस् भिडियो

युरोपेली महारथी स्पेन र पोर्चुगलबीचको शुक्रबार राति अबेरको रोमाञ्चक खेलमा गोलको वर्षा भयो। एक हैन दुई हैन छ गोल भए। तर खेल बराबरी रह्यो। 

पोर्चुगलका तर्फबाट सबै गोल उसको सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गरे। एउटा पेनाल्टीमा, अर्को गोलकिपरको हातैबाट फुस्कने गरी र अन्त्यमा शानदार फ्रि किकमा। रसिया विश्वकपको पहिलो खेलमै ह्याट्रिक गरेर उनी यो प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने। 

रोनाल्डोले दुई पटक पोर्चुगललाई अग्रता दिलाए तर दुवै पटक स्पेनका तर्फबाट डियगो कोस्टाले बराबरी गरे। नाचोले ५८ औँ मिनेटमा गोल गरी स्पेनलाई दिलाएको अग्रता ३० मिनेटसम्म मात्र कायम रह्यो। ८८ औँ मिनेटमा दर्शनीय फ्रि किकबाट गोल गरी रोनाल्डोले बराबरी गरे। 

खेलको चौथो मिनेटमा नै पेनाल्टी बक्समा लडाएवापत् पाएको पेनाल्टीलाई गोलमा परिणत गरे रोनाल्डोले। २४ औँ मिनेटमा डियगो कोस्टाले पोर्चुगिज डिफेन्डरहरुलाई छक्याउँदै गोल फर्काई बराबरी गरे। 

मध्यान्तर हुनुभन्दा एक मिनेट अघि रोनाल्डोको पावरफूल सट स्पेनी गोलकिपरले छेक्दाछेक्दै जाली चुम्न पुग्यो र मध्यान्तरसम्म पोर्चुगल २-१ ले अगाडि रह्यो। 

मध्यान्तरपछि ५५ औँ मिनेटमा पुनः डियगो कोस्टाले स्पेनलाई बराबरी दिलाए। त्यसको तीन मिनेटमा नै नाचोको गोलले स्पेनलाई खेलमा पहिलो पटक अग्रता दिलायो। 

तर ८८ औँ मिनेटमा रोनाल्डोले पाएको फ्रि किक स्पेनी वालमाथिबाट घुम्दै गोलकिपरलाई हेरेको हेर्‍यै बनाएर जाली चुम्यो। फलतः समूह 'बी' को दोस्रो खेलमा स्पेन र पोर्चुगलले एक-एक अङ्क बाँडे। 

यही समूहको पहिलो खेलमा इरानले मोरक्कोमाथि विजय हासिल गरेपछि समूहको पहिलो स्थानमा रहेको छ। 

समूह 'बी' को अर्को खेल बुधबार हुनेछ जतिबेला पोर्चुगलले मोरक्कोसित र स्पेनले इरानसित खेल्नेछ। 

भिडियो हाइलाइट्स
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell