PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

यस्ता छन् आजका खेल, फ्रान्स - अस्ट्रेलिया र अर्जेन्टिना - आइसल्यान्ड आकर्षक



यस्ता छन् आजका खेल, फ्रान्स - अस्ट्रेलिया र अर्जेन्टिना - आइसल्यान्ड आकर्षक

विश्वकपमा आज ३ खेल हुदैछन्। समूह “सी” बाट ३: ४५ बजे फ्रान्स र अस्ट्रेलिया भिड्नेछन्। यस्तै समूह “डी”मा रहेका अर्जेन्टिना र आइसल्याण्डले  ६: ४५ बजे एकअर्काको सामना गर्दा समूह “सी” का पेरु र डेनमार्क ९: ४५ बजे खेल्नेछन्। यस्तै समूह “डी” मा रहेका क्रोएसिया र नाइजेरियाको खेल मध्यरातको १२:४५ मा हुनेछ।


फ्रान्स र अस्ट्रेलिया

फ्रान्स र अस्ट्रेलिया हालसम्म ४ पटक एकअर्काका विरुद्ध खेलेका छन्। फ्रान्सले २ पटक अस्ट्रेलियालार्इ पराजित गर्दा २००१ को कन्फिडिरेसनकपमा अस्ट्रेलियाले १-० अन्तरले फ्रान्समाथि विजयी हासिल गरेको थियो। एक खेल बराबरीमा सकेको थियो। पछिल्लो पटक २०१३ मा मैत्रीपूर्ण खेलमा फ्रान्सले अस्ट्रेलियालार्इ ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो। 

१५ औंपटक विश्वकपमा सहभागि जनाइरहेको फ्रान्स १९९८ विश्वकप विजेता हो। २०१४ विश्वकपमा क्वाटरफाइनलबाट बाहिरिएको फ्रान्स यसपटक उपाधी विजयी गर्ने  दाउमा हुनेछ। प्रतिभाशालि युवा र अनुभवी खेलाडीहरुको उच्चतम प्रदर्शनबाट समूह चरण सजिलै पार गर्नेमा फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्यामपस् बताउँछन्। पउल पोगबा, क्यालिन म्याब्पे, ओलिभर गिराउड, एन्टोनियो ग्रिजम्यानमाथि सबैको नजर रहनेछ।
 
अस्ट्रेलियाली टिममा त्यति नाम चलेका खेलाडी छैनन् न त फुटबल जगतमा अस्ट्रेलियाले फ्रान्सजस्तो  सफलता प्राप्त गर्न सकेको छ। यद्यपी मिले जिडानिक, ज्याकसन एभरिनि र टिम क्याहिलको प्रदर्शनले अस्ट्रेलियालार्इ सफल बनाउन सक्छ। अस्ट्रेलियाली टिमबाट सर्वाधिक १०६ खेल खेलेका  क्याहिलले ५० गोल गरेका छन्। 

अर्जेन्टिना र आइसल्याण्ड

अर्जेन्टिना र आइसल्याण्ड पहिलो पटक फुटबल मैदानमा भिड्दैछन्। १७ औं पटक विश्वकपमा सहभागीहुदै गरेको अर्जेन्टिनाका विरुद्ध विश्वकपमा पहिलो पटक सहभागी भएको आइसल्याण्ड टिम रहेको छ। 

समूहमै बलियो मानिएको अर्जेन्टिनाका लागि यो खेल सहजहुने अनुमान गरिएको छ। लियोनल मेसी जस्ता प्रभावशाली खेलाडीको कप्तानीमा रहेको टिममा एन्जल डि मारिया, सर्जियो अगुरो, गोनजालो हिगयन जस्ता दक्ष र अनुभवी खेलाडी रहेको छ। यस्तै प्रतिभाशाली युवा खेलाडीहरुको अर्जेन्टिनो टिममा कमी छैन। 

२०१४ विश्वकपको फाइनलमा अर्जेन्टिना १-० ले जर्मनीसँग पराजित भएको थियो। यो पटक भने आत्मविश्वासका साथ उपाधी विजयी गर्ने होडमा अर्जेन्टिना रहेको छ। यसो भएको खण्डमा मेसीको नाम इतिहासमा पेले,म्याराडोना जस्ता खेलाडीको जस्तै अमर हुनेछ। 
प्रतियोगि राष्ट्रहरुमध्य सबैभन्दा सानो रहेको आइसल्याण्ड अर्जेन्टिनालार्इ पराजित वा बराबरीमा रोक्ने कोसिसमा रहनेछ। गिल्फी सिगिरोसन, एलफेरो फिन्बोग्यासन , एरन गुन्यारसन लगायतका खेलाडीहरुको प्रदर्शनले आइसल्याण्डको भावि यात्रा तय हुनेछ। 


पेरु र डेनमार्क

पेरु र डेनमार्क यसअघि कुनैपनि फुटबल खेलमा एकअर्कासँग खेलेका छैनन्। विश्वकपमा पाचौं पटक सहभागिता जनाइरहेको डेनमार्क १९९८ मा भएको विश्वकपमा क्वाटरफाइनलमा पुगेको थियो। उक्त खेलमा डेनमार्क ब्राजिलसँग ३-२ गोल अन्तरले पराजित भएको थियो। तर २०१४ मा विश्वकपका लागि डेनमार्क छनौटहुन सकेन।  क्रिस्टियन एरिक्सन, एन्ड्रेस क्रिस्टेन्सेन डेनमार्क का प्रभावशाली खेलाडी हुन।

यता, पेरु पनि पाचौं पटक विश्वकपमा सहभागिता जनाइरहेको छ। १९७० मा भएको विश्वकपमा क्वाटरफाइनलमा पुगेको पेरु ब्राजिलसँग ४-२ गोल अन्तरले पराजित भएको थियो। १९८२ विश्वकप पछि पेरु रसिया विश्वकपमा सहभागी हुदैछ। पाउलो गुरेरो, जेफेरसन फरफ्यान पेरुका प्रभावशाली खेलाडी हुन। 

पछिल्ला १५ खेलमा पेरुले अपराजित रहदै आएको छ।  आजको खेल पेरुका लागी अपराजित  यात्रालार्इ कायम राखी ३ अंक कमाउनु  हुनेछ भने डेनमार्क पनि पेरुलार्इ पराजित गरेर आफ्नो यात्रा सहज बनाउनेमा केन्द्रित हुनेछ। 


क्रोएसिया र नाइजेरिया 

क्रोएसिया र नाइजेरिया पहिलो पटक एकअर्काका विरुद्ध प्रतिस्पर्धामा उत्रदैछन्। दुबै टिम पाचौं पटक विश्वकपमा सहभागी हुदैछन्। 
फ्रान्समा भएको १९९८ विश्वकपमा क्रोएसिया सेमिफाइनल सम्म पुगेको थियो। उक्त खेलमा क्रोएसिया फ्रान्ससँग २-१ ले पराजित भएको थियो। तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले नेडरल्याण्डसलार्इ २-१ ले पराजित  गर्दै तेस्रो भएको थियो। मार्डियो म्यानजुकिक, निकोला क्यालिनिक, लुका मोडरिक क्रोएसियाका अनुभवी खेलाडी हुन।
 
नाइजेरिया २०१४ विश्वकपमा राउण्ड अफ १६ सम्म पुगेको थियो। यसपालि पनि उसको लक्ष्य समूह चरण पार गर्नु नै रहनेछ। यसका लागि उसले समूहमा रहेका अर्जेन्टिना र क्रोएसिया जस्ता बलिया टिमलार्इ पराजित गर्नुपर्ने हुन्छ। जोन ओबी मिकेल, अहमद मुसा, भिक्टर मोसेस, एलेक्स ओबी जस्ता अन्तराष्ट्रिय क्लबमा खेलेमा खेलाडीहरुको प्रदर्शनले नाइजेरियाको विश्वकप यात्रा तय हुनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell