PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

नेमारले आज गोल हान्छन् : खगेन्द्र लामिछानेको सपोर्ट ब्राजिललाई



स्वेच्छा राउत

नेमारले आज गोल हान्छन् : खगेन्द्र लामिछानेको सपोर्ट ब्राजिललाई

पोखरा: कलाकार तथा फिल्म लेखक खगेन्द्र लामिछाने आइतबार राति अबरेसम्म पोखरा लेकसाइडमा छन्। ब्राजिल र स्विट्जरल्यान्ड बीचको विश्वकप भिडन्त हेर्न। 

खेल रोचक हुनेवाला छ। किनकी उनी ब्राजिल समर्थक हुन् र आज उनले समर्थन गरेको टोलीको पहिलो गेम हुँदैछ। थप, आजको दिन पोखरामा हुनुले बेग्लै रौनकता थपेको छ। 

खगेन्द्रले पहिलो चोटी सन् १९९८ मा वर्ल्डकप हेरेको थिएँ त्यो पनि पोखरामै आएर। पढाईका लागि स्याङ्जाबाट आएका थिए उनी। ‘पहिलो वर्ल्डकपदेखि म त ब्राजिलकै समर्थक भएँ।’ 

ब्राजिलका खेलाडी रोबर्टो कार्लोसको गेम हेरेर आफू फ्यान भएको सुनाउँछन् उनी। भन्छन्,’स्ट्राइकर रोनाल्डो खुब चर्चामा थिए। तर होंचो कदका रोबर्टोको कुदाइले थुप्रै समर्थकलाई ब्राजिलको टिमतर्फ आकर्षित गर्यो।’ 

फिल्म ‘गोपी’को स्क्रिप्टमा काम गर्न पोखरा पुगेका हुन् उनी। एकान्त खोज्दै। तर ब्राजिलको गेम हुने भनेर आज लेकसाइडको रमझममै छन्। ‘हिजो पनि अर्जेन्टिना र आइसल्यान्डको म्याच हेरें। मेस्सीले मिस गरे बडो दु:ख लाग्यो।’

देशमा ब्राजिलको फ्यान भएपनि मेस्सीको प्रशंसक हुन् खगेन्द्र। त्यसैले सकेसम्म मनपर्ने खेलाडी र आफूले समर्थन गर्ने देशको म्याच छुटाउन चाहँदैनन्। ‘तर सधैं माहोल बन्दैन। त्यसैले जता जसरी मिल्छ त्यसैगरी विश्वकप हेर्छु। कहिले काहिं चाहेर पनि खेल हेर्न पाइदैन।’ 

हरेक विश्वकपको समयमा बाजीको खेललाई रमाउने बहाना हो भन्छन् उनी। योपटक भने कार्य व्यस्तताका कारण त्यो मौका पाएका छैनन्। लेखक बुद्धिसागरसँग राख्ने गरेको बाजी यो वर्ष ‘मिस’ गरेको सुनाउँछन्। ‘हरेक म्याच सँगै हेर्न बस्दा एउटा एउटा देशको समर्थन गरेर बाजी राख्ने। उठ्दा २/४ हजार कि जितिन्थ्यो, कि हारिन्थ्यो’, उनले भने। 

यस पटकको विश्वकपका लागि छनौट हुने पहिलो टिम रहेको ब्राजिलको समर्थनमा खेल होर्दै छन् खगेन्द्र। समय अभावका कारण वर्ल्डकप फिभर नभएपनि थोरै ह्याङ्ग उनीमा पनि छ। त्यसैले केही फ्रेस हुन र खेलको मजा लिन उनी कुरेरै राति ११:४५ ब्राजिल भर्सेस स्विट्जरल्यान्ड गेम हेर्दैछन्। 

भन्छन्,’नेयमारले १ गोल हान्लान् भन्ने पूर्ण विश्वास।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell