PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

कांग्रेसलाई 'नम्बर वान' बनाउन कम्युनिस्टबाट दुई वटा काम सिक्नैपर्छ : प्रकाशशरण महत



कांग्रेसलाई 'नम्बर वान' बनाउन कम्युनिस्टबाट दुई वटा काम सिक्नैपर्छ : प्रकाशशरण महत

हेटौंडा: नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले पार्टीलाई बलियो बनाउनेबाहेक कांग्रेसको अन्य विकल्प नभएको बताएका छन्।

जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रममा मकवानपुरको हेटौंडामा सहमहामन्त्री महतले पाँच वर्षमा एक्लैले जित्ने तयारी गर्नुपर्ने धारणा राखेका हुन्।

यसका लागि कम्युनिस्टबाट दुई वटा विषय सिक्नै पर्ने उनको सुझाव थियो।

'कांग्रेसले अब जनाधार तयार गर्नुपर्छ। यसका लागि भ्रातृ संगठन पनि चलाउनुपर्छ। पार्टी अब आधुनिक ढंगले चलाउनुपर्छ। यसका लागि कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,' महतले थपे, 'त्यो भनेको संगठन शैली र प्रचार शैली।'

कम्युनिस्ट सिद्धान्त दुनियाँमा कतै नबिकेको सिद्धान्त प्रचार शैलीकै कारण नेपालमा टिकिरहेको उल्लेख गर्दै महतले अबका दिनमा कांग्रेसले प्रचार आक्रमक बनाउनुपर्ने तर्क गरेका थिए। महतले जिल्ला सभापतिहरुबाट प्राप्त मत केन्द्रीय समितिले आत्मसात गर्ने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell