- मार्सेल डिसेइली-
यसपटक विश्वकपमा निकै नै चर्चामा रहेको विषय हो ठूला टोलीहरुले राम्रो प्रदर्शन गर्न नसक्नु। मेरो विश्वास गर्नुस, मलार्इ त्यस विषयमा सबै थाहा छ। २००२ मा डिफेन्डिङ च्याम्पियनका रुपमा पहिलो पटक एसियामा हुन गइरहेको विश्वकपमा सहभागी हुँदै थियौं। धेरै विश्वास र क्षमताका साथ राम्रो फुटबल खेल्दै हामीले युरो २००२ पनि जितेका थियौं। फ्रान्सले थियरी हेनरी, डेभिड ट्रेजगेट र जिब्रिल सिसेसँग दक्षिण कोरियामा फर्कायो। मलार्इ सम्झना भएसम्म उनीहरु इंग्ल्याण्ड, इटली र फ्रान्सका शीर्ष गोलकर्ता रहेका थिए। हामी समूहमा सबैभन्दा मनपर्ने र चर्चित टोली थियौं। हाम्रो समूहमा सेनेगल (पहिलोपटक विश्व कपमा सहभागी), उरुग्वे र डेनमार्क थियो। हामीले समूहको शीर्ष स्थानमा रहन उनीहरुविरुद्ध प्रतियोगितामा कुनै पनि समस्याको सामना गर्नुपर्नेछ भन्ने कल्पना पनि गरेका थिएनौँ। प्रतियोगितामा तीन खेल्दै हामी एक गोल नगरी बाहिरियौं। जुन विश्वकप इतिहासको सबैभन्दा ठूलो फ्लप रहन गयो।
हाम्रो स्टार खेलाडी जिनेदिन जिदान वार्मअप खेलमा क्रममा घाइते हुन पुगे र उनी प्रतियोगिताको तेस्रो खेलमा सहभागी हुन सकेनन्। हामीसँग टोलीमा रहेर खेलेकाहरुका लागि त्यो धेरै दुखद क्षण थियो। यदि तपार्इले बिर्सिसक्नु भएको भए, मेरो विश्वास गर्नुस हामी सेनेगलसँग १-० ले पराजित भएका थियौं। त्यो सायद विश्वकप इतिहासकै सबैभन्दा आश्चर्य लाग्ने घटना थियो। एक खराब दिनमा त्यो भयो। पराजयपछि हामीमाथि परेको असरले धेरै निराशा उत्पन्न गर्यो। हामी विश्व विजेता थियौं तर एक खेलमा पराजित भएको नतिजाले हामीमाथि प्रश्न खडा हुन थाल्यो।
म त्यसबेला फ्रान्सेली टोलीको कप्तान थिए र सेनेगलसँगको खेलपछि मैले हामीमा केही समस्या रहेको महसुस गरेको थिए। हामीले गुमेको विश्वास फिर्ता पाउन र टोलीलार्इ सशक्त बनाउन त्यसपछि खेलाडीहरुबीच धेरै छलफल गर्यौं। तर हामीले त्यो छिट्टै हराएकोमा म अचम्मितत थिएँ। सायद विश्वकप विजेता भएको तनाव र सबै हार्ने डर त्यसको कारण थियो। तपार्इ सामु विजेता हुनुको साख बचाउनु पनि छ तर एक्कासी सबै हार्ने डरले तपार्इ त्यो आश्वासन गुमाउनु हुन्छ।
लगातार दोस्रो पटक विश्वकप जित्न असाध्यै गाह्रो हुन्छ। २०१४ मा स्पेन र यसपालि रसियामा जर्मनी पनि हामी जस्तै समूह चरणबाटै बाहिरिएको छ। यो त टेनिस खेलाडी जस्तै भयो जसले खेल जित्नका लागि संघर्ष गर्दागर्दै खेलमा समान अंक ल्यार्इ हात मिलाउछन्। फुटबलमा त्यो डर तपार्इमा प्रवेश गरे तपार्इलार्इ हानी पुर्याउन सक्छ।
मेरा लागि अर्जेन्टिनाले सामना गरेका समस्याहरु बारेमा कुरा गर्न धेरै गाह्रो छ। किनभने त्यसमा लियोनल मेसीको आलोचना हुन्छ। मेसीले आफ्नो राष्ट्रिय टोलीलार्इ विजय बनाइ विश्वसामु देखाउनु छ। महत्वपूर्ण जितको आवश्यकता रहेको बेला उनले आइसल्याण्डविरुद्ध पाएको पेनाल्टीलार्इ गोलमा परिणत गर्न सकेनन्। तर समूह चरणबाटै बाहिरीने संघारमा पुगेको अर्जेन्टिनाका लागि मेसीले नाइजेरियाविरुद्ध गरेको गोल अद्भूत थियो।
हामीलार्इ थाहा छ कि मेसी उत्कृष्ट छन्। तर हामी उनका लागि भ्रमित र दुखी छौं। उनी पूर्ण रुपले बार्सिलोनाका प्रोडक्ट हुन्। तर हाल अर्जेन्टिनासँग मेसी पुरै अन्यौलमा छन्। केही त छुटेको छ- के त्यो एकता वा विश्वास हो ? मेसी उक्त टोलीका लागि फिट छैनन्। अर्जेन्टिनासँग कति धेरै योग्य स्ट्राइकर छन्। धेरै कुशल एट्याकिङ् खेलाडीहरु छन्। तर उनीहरूबाट राम्रो प्रदर्शन निकाल्न अर्जेन्टिनाले सकिरहेको छैन। उनीहरु धेरै संघर्ष गर्दैछन्। के यो सिस्टम हो? कि त्यहाँ आत्मविश्वासको कमी छ?
अर्जेन्टिनाले डिएगो म्याराडोनाको जमानाको दबाब रहेको भन्दै त्यसलार्इ दोषी देखाइ रहन सक्दैन। उनीहरुसँग खेल राम्रो बनाउनका लागी धेरै समय थियो र विश्वकै उत्कृष्त क्लबमा खेल्ने शीर्ष खेलाडीहरू छन्। दबावकाबीच यी खेलाडी पहिल्यै हुन्थे।
आइसल्याण्ड भन्दा पनि पछाडि रही समूहको पुछारमा रहनु अर्जेन्टिनी समर्थककाले कल्पना गर्न नसक्ने विषय थियो। तर त्यो त्यति आश्चर्यजनक नहोला। स्पेनसँग ६-१ ले केही समयअघि पराजित भएको अर्जेन्टिना कडा संघर्षका पछि विश्वकपमा छनौट भएको थियो। त्यो खेलमा मेसी खेलेका थिएनन्।
मध्यम तरिकाले खेल सुरु गरेपनि खेल जित्न सकिन्छ। २०१० मा स्वीट्जरल्याण्डले आफ्नो पहिलो खेलमा स्पेनलार्इ पराजित गरेको थियो। त्यसको केही हप्तापछि नै स्पेन विश्वविजेता बन्यो। तर त्यो परिदृश्य अर्जेन्टिनाका लागि भने सम्भव देखिदैन।
अर्जेन्टिनाले १९७८ मा विश्वकप जित्दाको क्षण म स्मरण गर्न सक्छु। उक्त समयका उत्कृष्त खेलाडीहरु मारियो केम्पस,ओस्भाल्दो अर्डिलेस र १९८६ का जोर्ज बुरुछागा, जोर्ज भाल्दानो र म्याराडोना। तर आज हामीले अर्जेन्टिना त्यति राम्रो टोली होइन भन्न सक्छौं। यदि तपार्इले उनीहरुको पछिल्लो ३ खेल हेरेको भए उनीहरुले हालसम्म प्रदर्शन गरेको खेल देख्नु नै भएको छ। तपार्इ अर्जेन्टिनालार्इ शीर्ष ५-६ मा राख्नु हुन्न।
यदि त्यसो हो भने क्वाटरफाइनलमा फ्रान्सका विरुद्ध क्रोएसियभन्दा (जसले उच्च मनोबलका साथ खेल्दै सबैलार्इ प्रभावित पार्यो) अर्जेन्टिना खेल्नु नै उचित हुन्छ। तथापि, फ्रान्सेली समर्थकको रूपमा मेरो लागि समस्या, भनेको अन्तिम खेलमा फ्रान्सले गरेको प्रदर्शनले अर्जेन्टिनी टोलीमा विश्वास बढाएको हुनसक्छ। हामीलार्इ विश्वकपमा आशावादी बनाउनका लागि फ्रान्सेली टोलीले अब केही नयाँ देखाउनु पर्छ।
म साँच्चै महसुस गर्दैछु कि फ्रान्सको टोलीले धेरै गरेर देखाउन बाँकी छ। मलाई लाग्छ कि तिनीहरू आफ्नो खेलमा प्रदर्शन बढाउन सक्षम हुनेछन्। अर्जेन्टिनालाई पराजित गर्न त्यो चाहिन्छ नै। अहिलेसम्म फ्रान्सले बल र डिफेन्ड राम्ररी खेल्न नचहाने टोलीसँग खेलेको छ। तर हाम्रो टोलीमा फुटबलका राम्रो पक्षहरूसँग खेल्नमा अधिक सजिलो छ, हामीसँग खेलाडीहरू छन् जो वास्तवमा काउन्टरमा खेल्न सक्छ। तर हामी खेल नियन्त्रण गर्न अझै तयार छैनौं। म साँच्चै शनिबारको खेलको प्रतिक्षामा छु।
यो विश्वकपमा इंग्ल्याण्डले आफूहरु गोल गर्न सक्षम रहेको देखाएको छ। इंग्ल्याण्डका विरुद्ध पानामा जस्तो कमजोर टोली पर्नु उसको गल्ती होइन। इंग्ल्याण्डको फर्म देख्दा यो टोलीको राम्रो भविष्य रहेको देखाउछ। त्यो भविष्य कि यो विश्वकपमा वा युरो २०२० मा निर्धारण हुन्छ ?
पानामा इंग्ल्याण्डसँग ६-१ ले पराजित भएको थियो। तर पानामाले गरेको एक गोलबाट देखिएको उल्लास हेर्नलायक थियो। फिलिपि ब्यालोयको गोलपछि पानामाका समर्थक नाचेको र गाएको देख्दा तपार्इ पक्कै मुस्कुराउनु भयो होला। के तपार्इ त्यसको समूह बन्न चाहनु भएन? मेरो लागि विश्वकप भन्नु नै यही हो।
फ्रान्सका पूर्व खेलाडीको यो विचार दि गार्डियनबाट भावानुवाद गरिएको हो