PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

आजदेखि विश्वकप अन्तिम १६ : कसको सम्भावना बढी



आजदेखि विश्वकप अन्तिम १६ : कसको सम्भावना बढी
अन्तिम १६ का खेलहरु टेलस्टार मेच्टा नामको यो बलले खेलाइनेछ

  • अधिकारी रबिन्द्र
३२ राष्ट्रको टिमसहित सुरु भएको विश्वकपमा आधा राष्ट्र घर फर्किसकेपछि अन्तिम ८ मा स्थान बनाउन आजदेखि अन्तिम १६ मा रहेका टिमहरु भिड्दै छन्। हरेक दिन बेलुका पौने आठ र राति पौने १२ गरी दुई खेल हुँदैछन्। आजदेखि नकआउट चरण सुरु भएकोले खेल बराबरीमा टुङ्गिने छैनन्। 

फ्रान्स र अर्जेन्टिना

३० जुनमा (१६ गते शनिबार) यी दुई देश काजन एरिनामा भिड्दै छन्। खेल सुरु बेलुका ७:४५ मा हुनेछ।

फ्रान्सले सुरुवाती खेलमा अस्ट्रेलियालाई पल पोग्बाको गोलमा हरायो र दोस्रो खेलमा पेरुलाई हरायो। तेस्रो खेल डेन्मार्कसँग बराबरी गरेपछि समूह चरणबाट अन्तिम १६​ ​मा पुग्यो। त्यस्तै अर्जेन्टिना पनि फितलो खेलका बाबजुद यो चरण मा पुगेको हो। पहिलो खेल अाइसल्यान्डसँग बराबर, दोस्रो खेल दोस्रो खेल क्रोएसियासँग तीन गोलले पराजय र अन्तिम खेल नाइजेरियासित २-१ ले विजयी भएर अर्जेन्टिनाले खुट्किलो चढेको हो।

कसको सम्भावना?
सबैको उत्तर त्यही हो मेस्सी फर्ममा आयो भने कसैले सक्दैन। अहिलेसम्म यी दुई देश ११ पटक भिडिसकेका छन् र छ पटक अर्जेन्टिनाले जितेको छ भने फ्रान्सले दुई चोटि जितेको छ । 


उरुग्वे र पोर्चुगल

१६ गते शनिबार राति ११:४५ मा यी दुई देश बीच खेल हुँदैछ सोचीको फिस्ट रङ्गशालामा।

उरुग्वेसँग शान्दार तथ्याङ्क छ: तीन खेल, शून्य गोल खाई तीनवटैमा जित। यसले इजिप्ट र साउदी अरेबियालाई १-० ले र रसियालाई ३-० ले जितेको हो। समूह चरणमा दोस्रो स्थान प्राप्त पोर्चुगलले भने दुई खेल बराबरी (स्पेनसँग ३-३ र इरानसँग १-१) र एक खेल मोरोक्को सँग १-० ले विजयी हुँदै नक आउट चरणमा पुगेको हो।

कसको सम्भावना?
यी दुई देश दुई पटक भिडेका छन् । १९६६ मा पोर्चुगलले जितेको थियो भने ६ वर्ष पछिको खेल बराबरी भएको थियो। सुपरस्टार रोनाल्डो र उरुग्वेको कडा डिफेन्स बीच यो खेल अत्यन्तै रोमान्चक हुनेछ। उरुग्वेको उत्कृष्ट टिमलाई कसैले नकार्न सक्दैन तथापि क्रिश्चियानो रोनाल्डोको एकल चमत्कारमा हामी अझै आश्वत रहन सक्छौँ। उरुग्वे समूह चरणको एकमात्र त्यस्तो टिम हो जसले अहिलेसम्म एक गोल पनि खाएको छैन। 

स्पेन र रसिया

१७ गते आइतबार ७:४५ मा मस्कोको लिज्निकी रङ्गशालामा यी दुई बीच खेल हुँदैछ। यो पाली अरु फुट्बल जाइन्ट जस्तै स्पेनको राम्रो खेल देखिएको छैन। गोलकिपर माथि प्रश्न छ, डिफेन्स फितलो छ र गोलको मूभ कस्ले सुरु गर्ने भन्नेमा कन्फ्युजन छ। स्पेन ले इरानलाई १ गोलले हरायो भने पोर्चुगल र मोरक्कोलाई ड्र गर्‍यो। आयोजक रसियाले दुई खेल क्रमश: साउदी अरेबिया र इजिप्टसँग जितेको छ, अन्तिम खेल ३-० ले उरुग्वे सँग हारेको हो।

कसको सम्भावना?
अहिलेसम्म ६ पटक को खेलमा रसियाले स्पेनलाई कहिले पनि हराउन सकेको छैन। स्पेनको खेल सोचेजस्तो मज्बुत त लाग्दैन तर पनि होम ग्राउण्डको कन्फिडेन्सले रसियालाई पुग्ला?

क्रोएसिया र डेन्मार्क

१७ गते ११:४५ मा यी दुई देश बीच खेल हुँदैछ निभ्नी नोभ्गोरोड रङ्गशालामा ।

क्रोएसियाले तीन खेल तीन जित हात पारेको छ: नाइजेरिया, अर्जेन्टिना र अाइसल्यान्डसँग। डेन्मार्कले पेरुलाई १-० ले जित्यो भने अस्ट्रेलिया र फ्रान्सलाई ड्र गर्‍यो।

कसको सम्भावना?
२००४ मा पनि यी दुई देश भिडेका हुन र क्रोएसियाले डेन्मार्कलाई २-१ ले पराजित गरेको थियो। यो चरणमा दुबै टिमले दुई दुई पटक जितेको इतिहास छ भने एक पटक ड्र पनि भएको छ।  

ब्राजिल र मेक्सिको

खेल हुँदैछ असार १८ गते सोमबार मस्कोको स्पार्टक रङ्गशालामा बेलुका ७: ४५ मा।
 
दुई खेल जितेर (कोस्टारिका २-० र सर्बिया २-०) एक खेल बराबरी (स्विट्जरल्यान्ड १-१ ) गर्दै अन्तिम १६ मा पुग्न सफल ब्राजिलको खेल उत्कृष्ट भने रहेन। मेक्सिकोले समुह चरणमा जर्मन र दक्षिण कोरियालाई एक एक गोलको अन्तरले हरायो तर यस्लाई अन्तिम खेलमा स्विडेनसँग लज्जास्पद ३-० को हार बेहोर्नुपर्‍यो।  

कसको सम्भावना? 
निश्चय नै ब्राजिल फुटबल जाइन्ट हो र योसँग पाँच पटक विश्वकप जितेको गरिमामय इतिहास छ। तर इतिहासले मात्र काम गर्दैन। यी दुई राष्ट्रबीच भएको ४० खेलमा अहिलेसम्म ब्राजिलले २३ खेल जितेको छ र ७ खेल बराबरी गरेको छ।

बुकिज रिभ्यु अनुसार ब्राजिलले जित्ने अड्स अनुपातको सम्भावना केवल १०१७ छ भने मेक्सिकोले जित्ने सम्भावना १३२ छ। बराबरी हुन सक्ने अड्स अनुपात १३४ रहेको छ। 

बेल्जियम र जापान

यी दुई राष्ट्र बीच खेल हुँदै छ आगामी मङ्गलबार राति ११:४५ बजे रोस्टोबन रङ्गशालामा।
 
बेल्जियमले तीन खेल जितेको छ।  यसले पानामालाई ३-० ले, ट्युनिसियालाई ५-२ ले र इङ्ल्यान्डलाई १-० ले पराजय गरेको हो। स्ट्राइकर रोमेलु लुकाकुले पहिलो दुई खेलमा ४ गोल गरेर गोल्डेन बुटको दावेदारका रुपमा उभिन सफल भएका छन्। बेल्जियमका अरु मुख्य खेलाडीहरु इडेन हाजाड र केभिन ब्रुइन निकै फर्ममा छन्। जापानसँग समूह चरण पार गरिरहँदा तिनै किसिमको अनुभव छ। एक खेल जित्यो (कोलम्बियासँग २-१ ले), एक खेल बराबरी (सेनेगल सँग २-२) र एक खेल हार्‍यो (पोल्यान्डसँग ०-१) । सेनेगलसँग यति धेरै प्रतिस्पर्धा भयो कि सबै स्ट्याट बराबरी भएकोले एल्लो कार्ड सेनेगल भन्दा कम खाएकाले मात्र समूह चरणबाट चयन भएको हो।  मतलब अनुशासित हुनुले उनीहरुलाई निकै फाइदा भयो।

कसको सम्भावना?
जापानसँग अहिलेसम्म खेलेको ५ खेलमा बेल्जियमले एक पटक मात्र जितेको छ। अन्तिम खेलमा बेल्जियमले जितेको हो। पछिल्लो समयमा बेल्जियमको स्ट्याटस यति सुध्रिएको छ कि जापानसँग खेलेको मैत्रिपूर्ण खेलमा लुकाकुको एक गोलले जितेपछि लगातार अन्य २२ वटा (अन्य मुलुकसँग) खेलेका खेलहरुमा बेल्जियम कहिल्यै हारेको छैन।   

स्विडेन र स्विजरल्यान्ड

खेल हुँदैछ असार १९ गते मङ्गलबार राती ७:४५ बजे सेन्ट पिटस्बर्गमा ।

स्विडेनले साउथ कोरिया र मेक्सिकोलाई हरायो र जर्मनीसँग भने १-२ ले हार्‍यो। स्विजरल्यान्ड भने एक खेलको विजय (सर्बिया २-१) र दुई खेलको बराबरीले यहाँसम्म अाइपुग्यो। 

कसको सम्भावना?
स्विजरल्यान्डले विश्वकप छनौट चरणदेखिका २० खेलमा एक खेल पर्चुगलसँग हार्यो अन्य कुनै गेम हारेको छैन। अन्तिम १६ का खेलहरुमध्ये यो कम आकर्षणको खेल मानिन्छ। तथापि ९० मिनेटसम्म खेल नटुङ्गिएर अन्त्यमा स्विडेनले जित्ने सम्भावना बढी छ।
 

कोलम्बिया र इङ्ल्यान्ड 

खेल हुँदैछ असार १९ गते मङ्गलबार राति ११:४५ बजे मस्कोमा।  

पहिलो खेलमा कोलम्बिया जापानसँग १-२ ले पराजित भयो भने दोस्रो र तेस्रो खेल पोल्यान्ड र सेनेगलसँग क्रमश:३-० र १-० ले विजयी भएको थियो। असार १४ गते बिहीवार बेल्जियमसँग १-० को पराजय भोगेको इङ्ल्यान्डका क्याप्टेन समेत रहेका स्ट्राइकर ह्यारी केन समूह चरण सकिंदासम्म ५ गोल सहित् गोल्डेन बुटका प्रमुख दाबेदार रहेका छन्।  

कसको सम्भावना?
इङ्ल्यान्डले कोलम्बियासँग खेलेको ५ खेलमा ३ खेल जितेको छ भने २ खेल ड्र भएको छ। बेट्फेयरको अड्स अनुसार इङ्ल्यान्डले २-१ ले जित्ने सम्भाब्यता देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell