PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रिभ्यु: उरुग्वे Vs पोर्चुगल, सुआरेज Vs रोनाल्डो



प्रिभ्यु: उरुग्वे Vs पोर्चुगल, सुआरेज Vs रोनाल्डो

उरुग्वे र पोर्चुगल आज पहिलो पटक फिफा विश्वकपमा एकअर्का विरुद्ध प्रतिस्पर्धामा उत्रँदैछन्। राति ११:४५ बजे फिस्ट स्टेडियममा यी दुर्इ टोली खेल्नेछन्। उरुग्वे र पोर्चुगल हालसम्म दुर्इ पटक फुटबल मैदानमा भिडेका छन्। एक खेलमा पोर्चुगल विजय भएको थियो भने अर्को एक खेल बराबरीमा टुंगिएको थियो।  

उरुग्वे समूह 'ए' को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने पोर्चुगल समूह 'बी' को उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो। 

उरुग्वेले सन् १९३० र १९५० मा विश्वकप उपाधि जितिसकेको छ। रसिया विश्वकपमा तेस्रो पटक उपाधि जित्ने होडमा उरुग्वे रहेको छ। समूह चरणका सबै खेलमा विजय हुँदै उरुग्वे उच्च मनोबलका साथ सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ। उरूग्वेका लागि मुख्य चुनौती भन्नु नै क्रिस्टियानो रोनाल्डो हुन्। उनलार्इ रोक्न सकेको खण्डमा उरुग्वे खेलमा हावी हुन सक्छ। उरुग्वेको टोलीमा लुइस सुआरेज जस्ता खेलाडी पनि छन् जसले रोनाल्डोलार्इ टक्कर दिन सक्छन्। 

यता पोर्चुगल कडा संघर्षका बीच अन्तिम १६ मा पुगेको हो। पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरोक्कोलार्इ पराजित गरेको थियो। समूहको अन्तिम खेलमा इरानसँग १-१ को बराबरी खेल्दै पोर्चुगलले प्रि-क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

पोर्चुगलको नेतृत्व गरिरहेका रोनाल्डोमा टोली धेरै नै निर्भर रहेको छ। आजको खेलमा पेपे, एन्ड्रे सिल्भा लगायतका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेको खण्डमा उरुग्वेलार्इ पराजित गर्न सकिन्छ। इरानसँगको बराबरी नतिजाले पनि पोर्चुगलमाथि प्रदर्शन सुधार्नु पर्ने दबाब छ। 

रियल मड्रिडबाट फुटबल खेल्दै आएका रोनाल्डोको अगाडि अर्को चुनौति भनेको बार्सिलोनाका लुइस सुआरेज हुन्, जो उनका सदाबहार प्रतिद्वन्द्वी  हुन्। क्लब फुटबलमा यी दुर्इ खेलाडी धेरै पटक आमनेसामने परिसकेका छन्। आज हुने खेलमा यी दुर्इ खेलाडीको  प्रदर्शनले पनि उरुग्वे र पोर्चुगलको विश्वकप यात्रा  निर्भर रहनेछ।

 यो खेलमा विजय हुने टोलीले फ्रान्स र अर्जेन्टिनाबीच हुने खेलको विजेतासँग क्वाटरफाइनलमा खेल्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell