PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सात वटा विश्वकपका म्याचमा ७५७ मिनेटदेखि फ्रान्सले दक्षिण अमेरिकी टिमबाट गोल खाएको छैन



सात वटा विश्वकपका म्याचमा ७५७ मिनेटदेखि फ्रान्सले दक्षिण अमेरिकी टिमबाट गोल खाएको छैन

विश्वकपमा आज फ्रान्स र अर्जेन्टिनाबीच खेल हुँदैछ। नकआउट चरणमा यी युरोपेली र दक्षिण अमेरिकी टिमबीच पहिलो पटक भिडन्त हुन लागेको हो। तर १२ पटक दुई टिमबीच भिडन्त भइसकेको छ र अर्जेन्टिनाले ६ पटक जितेको छ भने फ्रान्सले २ पटक। 

केही तथ्याङ्क

फ्रान्स

  • फ्रान्सले लगातार सात वटा विश्वकपका म्याचहरुमा ७५७ मिनेटसम्म दक्षिण अमेरिकी कुनै पनि टिमहरुको गोल खाएको छैन। 
  • सन् १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई २-१ ले पराजित गरेको थियो। 
  • पेनाल्टी सुटआउट बाहेक फ्रान्सले विश्वकपका पछिल्ला ११ नकआउट चरणका खेलहरुमध्ये एउटा मात्र खेल हारेको छ (सन् २०१४ मा जर्मनीसित १-०) 
  • सन् १९८६ मा अन्तिम १६ लागू भएदेखि फ्रान्सले यो चरणमा पुग्दा सधैँ यसलाई पार गरेको छ (१९८६, १९९८, २००६ र २०१४) 
  • फ्रान्सले समूह चरणका तीन खेलमा एउटा मात्र गोल खाएको छ। त्यो पनि पेनाल्टीबाट अस्ट्रेलियाका माइल जेडिनाकले गरेका थिए। उसको डिफेन्सको अर्को नमूना- तीन वटा समूह चरणका खेलमा पाँच वटा मात्र सट अन टार्गेट आक्रमण भएको छ। समूह चरणमा ओपन प्लेमा गोल नखाएको सन् १९९८ पछि पहिलो हो, १९९८ मा फ्रान्सले विश्वकप जितेको थियो। 

अर्जेन्टिना

  • अर्जेन्टिनाले सन् २००२ मा एक पटक बाहेक पछिल्लो १३ वटा विश्वकपमा पहिलो चरण पार गरेको छ। 
  • अर्जेन्टिनाका चार वटा पछिल्ला विश्वकपका नकआउट खेलमा तीन वटा मात्र गोल भएको छ जसमा दुई वटा गोल अर्जेन्टिनाले गरेको हो भने एउटा खाएको। 
  • सन् १९३० को उरुग्वेविरुद्धको फाइनलमा ४-२ को हार यता अर्जेन्टिनाले हाफ टाइमसम्म अग्रता कायम गरेका पछिल्ला २७ खेल जितेको छ।
  • विश्वकपको पेनाल्टी सुटआउटहरु अर्जेन्टिनाले सबैभन्दा बढी पाँच पटक फेस गरेको छ जसमा चार पटक जितेको छ। फ्रान्सले चारमा दुई पटक जितेको छ। 
  • सन् २०१४ को अर्जेन्टिनाका चार वटा नकआउट खेलहरु एक्स्ट्रा टाइममा गएका थिए। 
  • सन् १९८६ मा विश्वकप उचाले यता हरेक विश्वकपमा अर्जेन्टिनालाई घर पठाउने टिम युरोपेली राष्ट्रस भएको छ। यसमा सन् २००२ को विश्वकप पनि पर्छ जसमा अर्जेन्टिना समूह चरणबाटै घर फर्केको थियो। त्यतिबेला अर्जेन्टिना स्विडेन र इंगल्यान्डभन्दा पछाडि परेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell