PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आजदेखि विश्वकपका खेलहरुमा रातो रङको नयाँ बल, के छ फरक?



आजदेखि विश्वकपका खेलहरुमा रातो रङको नयाँ बल, के छ फरक?

दोस्रो चरणका खेलहरुदेखि विश्वकपमा नयाँ बल प्रयोग गरिँदैछ। आजदेखि खेलाइने बलहरुमा रातो रङ पनि हुनेछ। बलको नाम टेलस्टार मेच्टा हो। यसअघि समूह चरणका खेलहरुमा खेलाइएको बलको नाम टेलस्टार १८ थियो। 

मेच्टाको अर्थ सपना वा लक्ष्य हो। विश्वकपको सपना वा लक्ष्य चुम्न अग्रसर हुनेहरुको अर्थमा यो बलको नाम राखिएको हो। 

रातो रङ राख्नुको अर्थ चाहिँ आयोजक देश रुसको झण्डाको रङसित मिलाउँदै नकआउट चरणमा पुगेपछि बढेको ताप पनि हो। अघिल्लो बल चाहिँ कालो रङको थियो। 

दुवै बल एडिडासले बनाएको हो। दुवैमा एनएफसी चिप राखिएको छ। त्यो चिपको मद्दतले स्मार्टफोनमार्फत् विभिन्न जानकारी लिन सकिन्छ।  

एडिडासले अनलाइनमा बेच्न राखेको आधिकारिक टेलस्टार मेच्टा बलको मूल्य १६५ डलर छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell