PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

फ्रान्ससित पराजित भए लगत्तै अर्जेन्टिनी खेलाडी जाभियर मास्चेरानोले लिए सन्यास



फ्रान्ससित पराजित भए लगत्तै अर्जेन्टिनी खेलाडी जाभियर मास्चेरानोले लिए सन्यास

फ्रान्ससित अन्तिम १६ मा ४-३ ले पराजित भए लगत्तै अर्जेन्टिनी खेलाडी जाभियर मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। 

१४७ पटक अर्जेन्टिनाको प्रतिनिधित्व गरिसकेका ३४ वर्षीय खेलाडीले खेल सकिएको सिट्ठी रेफ्रीले बजाएसँगै यस्तो घोषणा गरेका हुन्। 

खेलमा मध्यान्तरपछि अर्जेन्टिनाले २-१ को अग्रता कायम गरेको थियो। तर ११ मिनेटमा फ्रान्सको तीन गोलले अर्जेन्टिनालाई फर्कनै नसक्ने बनायो। 

अब गुडबाई भन्ने बेला भएको छ। अब बाहिरबाट समर्थन गर्ने बेला भएको छ, उनले भने। 

यो वर्षको सुरुमा बार्सिलोना छाडेका उनले अहिले चाइनिज सुपर लिग खेलिरहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell