PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मेस्सीसँगै रोनाल्डो पनि घर फर्कने, फ्रान्स र उरुग्वेबीच क्वार्टर फाइनल भिडन्त

मेस्सीसँगै रोनाल्डो पनि घर फर्कने, फ्रान्स र उरुग्वेबीच क्वार्टर फाइनल भिडन्त


लियोनेल मेस्सीको टिम अर्जेन्टिनासँगै क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल पनि दोस्रो चरणबाटै बाहिरिएको छ। 

कभानीले सातौँ र ६२ औँ मिनेटमा गरेको गोलसँगै उरुग्वेले पोर्चुगललाई २-१ ले हराउँदै असार २२ गते शुक्रबार हुने क्वार्टर फाइनलमा फ्रान्ससित भिड्ने तय भएको छ। 

पहिलो खेलमै ह्याट्रिक गरेका रोनाल्डो प्रतियोगितासँगै गोल्डेन बुटको दावेदारीबाट पनि बाहिरिएका छन्। रोनाल्डोको यो अन्तिम विश्वकप हुनसक्छ। 

खेलको सातौँ मिनेटमा कभानीले गोल गरी उरुग्वेलाई अग्रता दिलाएका थिए। मध्यान्तरपछि ५५ औँ मिनेटमा पेपेको गोलले पोर्चुगललाई राहत दिएको थियो। तर सात मिनेटमै पुनः कभानीले गोल गरी उरुग्वेको अग्रता कायम राखे। पोर्चुगलले गोल फर्काउन गरेका कयौँ प्रयास खेर गयो।  

उरुग्वेले यस पटकको विश्वकपमा मात्र हैन सन् २०१८ मा एउटा पनि गोल नखाएको कीर्तिमान पेपेको गोलले तोडे पनि उसलाई पराजित गर्न भने यो पर्याप्त भएन। 

दुई गोल गरेका कभानी घाइते भएपछि रोनाल्डोले उनलाई सहारा दिँदै मैदान बाहिर पुर्‍याएका थिए। घाइते भएपछि कभानीले खेल छाडेका थिए। खेलको अन्तिम समयमा रोनाल्डोले यल्लो कार्ड पाएका थिए। दोस्रो कार्ड भएकोले यदि पोर्चुगल जितेको भए पनि रोनाल्डोले अर्को  खेल खेल्न नपाउने भएका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell