PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मेरो रणनीति खेलाडीले पालना गरेकोले स्पेनलाई ढाल्न सफल भयौँ : रुसी कोच



मेरो रणनीति खेलाडीले पालना गरेकोले स्पेनलाई ढाल्न सफल भयौँ : रुसी कोच


पेनाल्टी सुटआउटमा नाटकीय ढंगले पूर्व विजेता स्पेनलाई पराजित गर्दै क्वार्टर फाइनलमा पुग्न सफल भएपछि रुसी कोच स्टानिस्लाभ चेर्चेसोभले आफ्नो रणनीतिलाई खेलाडीहरुले जस्ताको तस्तै उतारेकोले सफलता पाएको बताएका छन्।

'मैले मेरा खेलाडीहरुलाई सम्झाउनु पर्‍यो कि यही मात्र एउटा उपाय छ', स्पेनसित कडा डिफेन्सिभ म्याच खेलेपछिको जितपछि उनले भने, 'हामी यस्तो संरचना मन पराउँदैनौँ। तर तीन जना डिफेन्डरसित हामीले गर्नुपर्ने यस्तै हो। धन्य छ मेरा खेलाडीहरुले मैले जे भनेँ त्यही बुझे। उनीहरुले मलाई विश्वास गरे।'

गार्डियनमा प्रकाशित उनको भनाई अनुसार उनले प्रत्येक खेलाडीलाई व्यक्तिगत रुपमै पहिले भन्दा बढी सम्झाउनु पर्‍यो कि किन, कहाँ, कहिले र कसरी यसले काम गरेको थियो। 'मलाई लाग्छ मेरा खेलाडीहरु विजयी भए किनकि उनीहरु मेरो रणनीति अनुसार खेले।'

सन् १९७० मा सोभियत युनियनका रुपमा अन्तिम ८ मा पुगेयता पहिलो पटक रुस यो चरणमा पुग्न सफल भएको हो।

स्पेन जस्तो टिमलाई जित्दा पनि मैदानमा धेरै इमोसन नदेखाएको बारे सोधिएको प्रश्नमा उनले भने, मेरा इमोसनहरु सामान्य रहे। तपाईँले आफ्ना इमोसनहरु कसरी टिमलाई निर्देशन गर्ने भन्नेमा देखाउने हो। यो सकियो र म अब अर्को खेलमा ध्यान दिइरहेको छु। 

पूर्व गोलकिपरसमेत रहेका र सन् २०१६ को अगस्तमा प्रशिक्षकका रुपमा छनोट भएका उनले जर्मनी र स्पेन प्रतियोगिताबाट बाहिरिएपछि बाँकी टिमहरुको मौका बढेको बताए। उनले भने, यति धेरै फेभरेट टिमहरु छिट्टै हारेर कहिले पनि गएका थिएनन्। यो फुटबल हो, के भन्न सकिन्छ र।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell