PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

फोर्सबर्गको एकल गोलले स्विडेन क्वार्टरफाइनलमा, स्विट्जरल्यान्ड निराश



फोर्सबर्गको एकल गोलले स्विडेन क्वार्टरफाइनलमा, स्विट्जरल्यान्ड निराश

एमिल फोर्सबर्गले खेलको ६६ औँ मिनेटमा गरेको गोल स्विडेनलाई विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याउन पर्याप्त भयो। डोमिनेटिङ खेल प्रदर्शन गरेर पनि स्विट्जरल्यान्ड भने निराश हुन बाध्य भयो। 

एक दर्जनभन्दा बढी सट र तीन वटा सट अन टार्गेटको तथ्याङ्क भए पनि गोलमा परिणत गर्न नसक्दा स्विट्जरल्यान्ड क्वार्टरफाइनल प्रवेश गर्नबाट वञ्चित भयो। 

स्विट्जरल्यान्ड दुई गोल खानबाट भने जोगियो। थपिएको तीन मिनेट इन्जुरी टाइमको अन्तिम केही सेकेन्डमा रेफ्रीले दिएको पेनाल्टी भिएआर रिभ्युमा उल्टिएको थियो।

स्विडेनको क्वार्टरफाइनलमा भेट इङ्ग्ल्यान्ड र कोलम्बियाबीच आजै पौने ११ बजे हुने खेलको विजेतासित हुनेछ। यही ब्राकेटमा रसिया र क्रोएसियाबीच क्वार्टरफाइनल हुने टुङ्गो लागिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell