PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

६ गोलका साथ इंग्ल्यान्डका ह्यारी केन गोल्डेन बुटको दावेदारीमा अग्रपंक्तिमा



६ गोलका साथ इंग्ल्यान्डका ह्यारी केन गोल्डेन बुटको दावेदारीमा अग्रपंक्तिमा

कोलम्बियासँगको खेलमा पेनाल्टीबाट गोल गरेसँगै इंग्ल्यान्डका कप्तान ह्यारी केन गोल्डेन बुटको दावेदारीमा अग्रपंक्तिमा देखिएका छन्। उनले यस प्रतियोगितामा कूल ६ गोल गरिसकेका छन्। 

उनका पछाडि बेल्जियमका रोमेलु लुकाकु छन्। लुकाकुले प्रतियोगितामा हालसम्म ४ गोल गरेका छन्। पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पनि ४ गोल गरेका छन्। तर उनको टिम विश्वकपबाट बाहिरिसकेको छ। 

केनले २ गोल पेनाल्टीबाट, ३ वटा दायाँ खुट्टाबाट, एउटा हेडबाट र एउटा ब्याकहिलबाट गोल गरेका हुन्। 

केन इंग्ल्यान्डका सबैभन्दा बढी गोल गर्ने दोस्रा खेलाडी पनि बनेका छन्। पहिलो नम्बरमा ग्यारी लिनेकर १० गोलसहित रहेका छन्। केनले आजको खेलमा गरेको गोलसँगै जियोफ हर्स्टको ५ गोललाई पछि पारेका हुन्। 

केन एउटै विश्वकपमा ६ गोल गर्ने लिनेकरपछिका दोस्रा इंग्ल्यान्डका खेलाडी पनि बनेका छन्। २४ वर्षका केन इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परबाट व्यवसायिक फुटबल खेल्छन्। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell