PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

विश्वकप क्वार्टरफाइनल समीकरण पूरा, कहिले हुँदैछ कुन कुन टिमको खेल? हेर्नुस् सूची



विश्वकप क्वार्टरफाइनल समीकरण पूरा, कहिले हुँदैछ कुन कुन टिमको खेल? हेर्नुस् सूची

विश्वकपको अन्तिम १६ मा पुगेका टिमहरुबाट अन्तिम ८ छानिएपछि क्वार्टरफाइनलको समीकरण पूरा भएको छ। 

समीकरण अनुसार एउटा समूहमा फ्रान्स, उरुग्वे र ब्राजिल गरी तीन पूर्व विजेता रहेका छन् भने अर्को समूहमा इंग्ल्यान्डमात्रै पूर्व विजेता रहेको छ। 
बुधबार र बिहीबार विश्वकपमा आरामको लागि छुट्याइएको छ। क्वार्टरफाइनलका खेल शुक्रबारदेखि सुरु हुँदैछ। 

पहिलो क्वार्टरफाइनल दुई पूर्व विजेता फ्रान्स र उरुग्वेबीच असार २२ गते शुक्रबार राति ७:४५ मा हुनेछ। त्यही दिन राति ११:४५ मा ब्राजिल र बेल्जियमबीच सेमिफाइनलमा स्थान बनाउनका लागि भिडन्त हुनेछ। 

असार २३ गते शनिबार राति ७:४५ मा स्विडेन र इंग्ल्यान्डबीच खेल हुनेछ भने सोही दिन राति ११:४५ मा आयोजक रसिया र क्रोएसियाबीच खेल हुनेछ। 

सेमिफाइनलमा दुई खेल असार २६ गते मंगलबार र असार २७ गते बुधबार हुनेछन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell