PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

इङल्यान्ड VS स्विडेन:  दुबै इतिहास रच्ने होडमा



इङल्यान्ड VS स्विडेन:  दुबै इतिहास रच्ने होडमा
फोटो: digitalspy.com

आज बेलुकी ७:४५ बजे विश्वकपको तेस्रो क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले स्विडेनको सामना गर्दैछ। इङ्ल्यान्ड र स्विडेन दुवै टोलीको लक्ष्य सेमिफाइनल हुनेछ। १९९४ मा विश्वकपमा तेस्रो भएको स्विडेन अन्तिम १६ भन्दामाथि पुग्न सकेको थिएन। यस्तै इङ्ल्यान्ड पनि १९९० पछि सेमिफाइनलमा पुगेको छैन। त्यसैले आजको खेल दुबै टोलीका लागि पुराना कमजोरी मेटाउँदै नयाँ इतिहास रच्ने अवसर पनि हो।

इङ्ल्यान्ड र स्विडेन हालसम्म २४ पटक एकअर्काविरुद्ध मैदानमा भिडिसकेका छन्। इङ्ल्यान्डले स्विडेनलार्इ ८ खेलमा पराजित गरिसकेको छ भने स्विडेनले ७ खेलमा इङ्ल्यान्डलार्इ पराजित गरिसकेको छ। ९ खेलमा दुवै टोलीले बराबरी।  

विगतका विश्वकपमा यी दुर्इ टोलीले खेलेको ५ खेल नै बराबरी मा टुंगिएको थियो। तर आज त्यो इतिहास फेरी दोहोरिने छैन। सेमिफाइनलको यात्रा तय गर्न एक टोलीले स्पष्ट जितका साथ नयाँ रेकर्ड बनाउने छ।   

स्विटजरल्याण्डलार्इ पराजित गर्दै स्विडेन क्वाटरफाइनलमा पुगेको हो। मेक्सिको, जर्मनी जस्ता बलिया टोली रहेको समूहमा पहिलो हुदै स्विडेनले विश्व फुटबलको ध्यान आकर्षित गरेको छ। सेबास्टियन लार्सन, आन्द्रेयास ग्रानभिस्ट, मार्कस बर्ग जस्ता प्रभावशाली खेलाडीमाथि आज थ्री लायन्सलार्इ पराजित गर्नुपर्ने चुनौति रहेको छ।

स्विडिस फुटबल टोलीको प्रमुख चुनौतीको रुपमा रहेका ह्यारी केनलार्इ रोक्नु नै स्विडेनको मुख्य लक्ष्य रहेको छ। स्विडेनका कप्तान आन्द्रेयास ग्रानभिस्टले आफ्ना टोली ह्यारी केनलार्इ रोक्नु नै आफ्नो टोलीको मुख्य लक्ष्य रहेको बताएका छन्।

कोलम्बियालार्इ पेनाल्टी सुट आउटमा पराजित गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। समूहमा दोस्रो हुंदै अन्तिम १६ मा प्रवेश गरेको इङ्ल्यान्डको टोली युवा जोशले भरिएको छ। युवाहरुको वर्चश्व रहेको इङ्ल्यान्डको कप्तानी ह्यारी केनले गरिरहेका छन्। विश्वकपमा सर्वाधिक गोल गरी गोल्डेन बुटका प्रमुख दाबेदार रहेका ह्यारी केनले रसियामा ६ गोल गरिसकेका छन्। यस्तै ड्यानी वेलबेक, ग्रयारी क्याहिल जस्ता खेलाडीको प्रदर्शनले पनि इङ्ल्यान्डको आगामी यात्रा तय हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell