PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

घरेलु मैदानमा पेनाल्टीबाट रसियाको यात्रा समाप्त, सेमिफाइनलमा इंग्ल्यान्डसित क्रोएसिया

घरेलु मैदानमा पेनाल्टीबाट रसियाको यात्रा समाप्त, सेमिफाइनलमा इंग्ल्यान्डसित क्रोएसिया


रुसको विश्वकप यात्रालाई क्रोएसियाले पेनाल्टीबाट पूर्णविराम लगाइदिएको छ।

पहिलो पटक क्वाटरफाइनल पुगेसँगै घरेलु मैदानमा पहिलो पटक सेमिफाइनल पुग्दै कीर्तिमान रच्ने दाउमा थियो रसिया। सोचीको मैदानमा ३१ औँ मिनेटमा डेनिस चेरीसेभले गोल गरी अग्रता लिएको पनि हो।


तर त्यो अग्रता आठ मिनेटमै क्रामारिचले गोल गरी तोडे। 
 


मध्यान्तरअघिको त्यो बराबरी ९० मिनेटको निर्धारित समयसम्म पनि जारी रहेपछि ३० मिनेटको एक्स्ट्रा टाइम थपियो। 

१०० मिनेटमा भिदाले गोल गरी क्रोएसियालाई अग्रता दिलाए। तर एक्स्ट्रा टाइम सकिन पाँच मिनेट बाँकी छँदा फर्नान्डेजको गोलले रसिया बराबरी गर्न सफल भयो। 

फलस्वरुप खेलको परिणामका लागि पेनाल्टी सुटआउट आवश्यक भयो। राउन्ड अफप १६ मा दुवै टिम पेनाल्टी सुटआउटबाटै विजयी भएर आएका थिए। तर यस पटक घरेलु मैदानमा रसिया निराश हुनुपर्‍यो। 

 रसियाका तर्फबाट पहिलो पेनाल्टी हानेका स्मोलोभको प्रहार क्रोएसियन गोलकिपर सुभासिचले रोके। तर एक्स्ट्रा टाइममा गोल गरेर बराबरी गरेका फर्नान्डेजले वाइड हानी गोल गर्न सकेनन्। 

दुवै गोलकिपरले एक एक प्रहार रोकेका थिए। क्रोएसियाका तर्फबाट कोभासिचले गोल गर्न सकेनन्। 

इभान राकिटिचले पेनाल्टीबाट निर्णायक गोल गरी क्रोएसियालाई ४-३ को विजय दिलाए। 

क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा फ्रान्स र बेल्जियमको खेल हुनेछ। 
 


ट्रेन्डिङ पोस्ट

Ncell