PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आयोजक रसिया यसरी भयो क्रोएसियाबाट निराश, हेर्नुस् भिडियो हाइलाइट्स



आयोजक रसिया यसरी भयो क्रोएसियाबाट निराश, हेर्नुस् भिडियो हाइलाइट्स

फेडोर स्मोलोभ र मारियो पर्नान्डेजले पेनाल्टीमा गोल गर्न नसकेपछि क्रोएसियासँग पेनाल्टीसुटआउटमा ४-३ ले पराजित हुँदै आयोजक रसिया विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको छ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त सयममा खेल २-२ को बराबरी भएपछि पेनाल्टीसुटआउटबाट नतिजाको टुङ्गो लागेको हो। दुवै टोलीले प्रिक्वाटरफाइनलमा पनि पेनाल्टी सुटआउटबाटै खेल जितेका थिए।

हेर्नुस् भिडियो हाइलाइट्स
 

नाटकीय खेलमा रसियालाई पराजित गर्दै क्रोएसियाले भने सन् १९९८ यता पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।

प्रिक्वार्टरफाइनलमा रसिया र क्रोएसियालाई जित दिलाउन निर्णायक भूमिका खेलेका दुवै टोलीका गोलकिपरले एक एक पेनाल्टी रोके। तर अतिरिक्त समयमा खेल सकिन ६ मिनेट अगाडि बराबरी गोल फर्काएका मारियो फर्नान्डेजले पेनाल्टी पोष्ट बाहिर प्रहार गर्नु रसियाको लागि महँगो सावित भयो।

सुटआउटमा क्रोएसियाका इभान राकिटिचले निर्णायक प्रहार गोलमा परिणत गर्दै जित दिलाए।

क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिक, लुका मोडरिक, भिदा र इभान राकिटकिले पेनाल्टीमा गोल गरे। माटियो कोभासिकको प्रहार रसियाका गोलकिपर अकिनफिभले रोके।

रसियाका लागि एलान जागेभ, सर्गेई इग्नासेभिच र कुजिएभले पेनाल्टीमा गोल गरे।

फेडोर स्मोलोभको प्रहार क्रोएसियाका ड्यानि सुबासिसे रोके भने पर्नान्डेजको प्हरार पोष्ट भन्दा बाहिर गएको थियो।

सोचीस्थित फिस्ट स्टेडियममा भएको खेलमा डेनिस चेरिसेभले ३१औँ मिनेटमा गोल गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

तर घरेलु टोलीको अग्रता लामो समय टेन। ३९औँ मिनेटमै आन्द्रे क्रमारिङ क्रोएसियाका लागि बराबरी गोल फर्काए। पहिलो हाफमा १-१ को स्कोर भएपनि दोस्रो हाफमा दुवै टोलीले गोल थफ्न सकेनन्।

निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त सयम थपिएको थियो। त्यसको ११औँ मिनेटमा डोमागोज भिदाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए।

समारामा क्रोएसिया जिततर्फ अगाडि बढिरहेको थियो तर आयोजक रसिया पनि खेलमा गोल गर्ने अवसरको खोजीमा थियो। अतिरिक्त समयको २५औँ मिनेटमा मारियो फर्नान्डेजले गोल गर्दै खेललाई २-२ को स्थितीमा पुर्‍याए। उनले इलान जागेबको फ्रिकिक पासमा हेडमार्फत शानदार गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell