PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

बेल्जियन क्याप्टेन हाजार्डले गरे एमबाप्पेको प्रशंसा, 'उनी मेरो खेल हेर्दै हुर्के, अहिले उनको खेल हेर्छु'



बेल्जियन क्याप्टेन हाजार्डले गरे एमबाप्पेको प्रशंसा, 'उनी मेरो खेल हेर्दै हुर्के, अहिले उनको खेल हेर्छु'

बेल्जियम फुटबल टोलीका क्याप्टेन एडन हाजार्डले आफू फ्रान्सका किलियन एमबापेको प्रशंसक भएको बताएका छन्।

विश्वकपमा अर्जेन्टिनालार्इ ४-३ ले पराजित गर्ने क्रममा एम्बापेले दुर्इ गोल गरेका थिए। त्यसपछि उनलार्इ पेलेजस्ता खेलाडीसँग तुलना गरिएको थियो। तर १९ वर्षे एम्बापेले उरुग्वे विरुद्धको क्वाटरफाइनल खेलमा आशा गरे अनुरुप खेल्न सकेनन्। तर पनि हाजार्ड भने एम्बापेसँग सावधान हुनुपर्ने बताउँछन्।
  
'एम्बापे? मैले उनीसँग फोनमा कुरा गरेको छु। उनी सानो हुँदा मेरो खेलको फुटेज हेर्थे रे। अहिले म उनको फुटेज हेर्छु। यो उमेरमा उनले देखाएको खेलप्रति मेरो धेरै सम्मान छ। मोर्डन फुटबलमा त्यस्तो बिरैले सुन्न पाइन्छ।'

यता बेल्जियमका थोमस भरमलिनले पनि एमबापे खेल परिवर्तन गर्न सक्षम खेलाडी रहेको प्रतिक्रिया दिएका छन्। साथै उनले फ्रान्ससँगको खेल ब्राजिलको भन्दा कठिन हुने बताए। 
यस्तै, हाजार्डले आफूसँगै चेल्सीबाटसँगै खेल्दै आएका एन गोलो कान्टेबाट पनि सावधान हुनुपर्ने बताएका छन्।
 
'म वर्षभर एन गोलो कान्टेसँग खेल्छु। उनी मिडफिल्डरका रुपमा विश्व मै उत्कृष्ट छन्। जब उनको प्रदर्शन उत्कृष्ट रहन्छ, तब तपार्इसँग खेल जित्ने ९५ प्रतिशत मौका हुन्छ।'

फ्रान्सले १९९८ मा विश्वकप जित्दा त्यसबाट युवा उमेरमा आफू धेरै प्रभावमा परेको हाजार्डले बताए। उनले भने 'सायद हामी त्यसबेला बेल्जियमको भन्दा धेरै फ्रान्सका फ्यान थियौं।'

फ्रान्स आफ्नो छिमेकी राष्ट्र बेल्जियमसँग मंगलवार बेलुकी ११: ४५ बजे रसियाको सेन्ट पिटर्सबर्ग स्टेडियममा फाइनलको यात्रा तय गर्न भिड्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell